| शनिबार, कार्तिक २८, २०८३

प्रदेश नं ४ः

प्रदेश सरकारद्वारा गोरखाका १० वटा सडक पुल, २० वटा झोलुंगे पुल

दराैँदी समाचारदाताः गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्ष १० वटा मोटरेबल पुल र २० वटा झोलुङ्गे पुल निर्माणका लागि बजेट बिनियोजन गरेको छ । गत असारमा सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा प्रदेश सरकारले गोरखाका लागि १० वटा सडक पुल र २० वटा झोलुङ्गे पुलका लागि बजेट बिनियोजन गरेको जनाएको हो ।

जरेबरमा दरौंदी नदी पुल निर्माणका लागि प्रदेश सरकारले यसबर्ष पनि एक करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ । त्यस्तै गोरखा नगरपालिका र नयाँसाँगु जोड्ने पुल निर्माणका लागि पनि एक करोड रुपैयाँ बिनियोजन गरेको छ । त्यस्तै रागिनास र बुटार जोड्ने जुग्देखोला सडक पुलका लागि एक करोड, धार्चेको रिचेत खोला सडक पुलका लागि ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

त्यस्तै प्रदेश सरकारले पालुङटार नगरपालिकाको डङडुरेखोला पुललाई ५० लाख, आर्खेतखोला सडक पुललाई एक करोड ५० लाख, नौलीखोला लापु सडक पुललाई ५० लाख, सिरानचोकको पाण्डेगाउँ र लम्जुङको रागिनास जोड्ने सडक पुललाई ५० लाख रुपैयाँ बिनियोजन गरेको छ । त्यस्तै जराङखोला सडक पुललाई ५० लाख र लुदीखोला सडक पुललाई पनि ५० लाख रुपैयाँ बिनियोजन गरेको मन्त्रालयको अभिलेखमा उल्लेख छ

त्यसैगरी प्रदेश सरकारले २० वटा झोलुङ्गे पुल निर्माणका लागि यसबर्ष बजेट बिनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त अभिलेख अनुसार गोरखा नगरपालिका ३ को कुमालगाउँ र चोरकाटे जोड्ने झोलुङ्गे पुल निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ, देउराली, थुमी, भिबोट, सोतीखोला जोड्ने झोलुङ्गे पुल निर्माणका लागि एक करोड रुपैयाँ, प्रोकको खाप्साखोला झोलुङ्गे पुलका लागि २० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

त्यस्तै स्याम्राङ, डुम्रेखर्क जोड्ने झोलुङ्गे पुल निर्माणका लागि एक करोड रुपैयाँ, धार्चे २ को म्याक्सिङखोला जोड्ने झोलुङ्गे पुल निर्माणका लागि ३५ लाख रुपैयाँ, चापेखोला बालुवाफाँट जोड्ने झोलुङ्गे पुल निर्माणका लागि ६२ लाख रुपैयाँ बिनियोजन भएको छ । त्यस्तै हर्मी थालाजुङ खारखोला जोड्ने झोलुङ्गे पुल निर्माणका लागि २० लाख, दुम्चेरोम्का, रेन्जोम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि २० लाख रुपैयाँ बिनियोजन भएको छ ।

त्यस्तै कालेस्योङखोला झोलुङ्गे पुल निर्माणका लागि २० लाख, गुम्दाखोला झोलुङ्गे पुल निर्माणका लागि २० लाख, बिही सेराङखोला झोलुङ्गेपुल निर्माणका लागि २० रुपैयाँ बिनियोजन भएको छ । त्यस्तै उहिया, दुङ्ला जोड्ने झोलुङ्गे पुल निर्माणका लागि २० लाख, नौलीखोला जोड्ने झोलुङ्गे पुल निर्माणका लागि पनि २० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

त्यस्तै पालुङटारको दरौंदीखोला झोलुङ्गे पुलका लागि २० लाख, स्वतखोला जोड्ने झोलुङ्गे पुल निर्माणका लागि २० लाख, भानु नपा २ र पालुंटार ७ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि रु २० लाख रुपैयाँ बिनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्