
छ करोड बजेटमा पाँच करोड फ्रिज
दराैँदी समाचारदाताः गोरखा सदरमुकाम स्थित खाद्यतथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर इकाईले गतवर्ष १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । यो पनि अधिकांस तलब भत्तामा खर्च भएको हो । आर्थिक वर्ष ०७६÷७७ मा कार्यालयको छ करोड बजेटमा एक करोड १२ लाख मात्रै खर्च भएको छ ।
उक्त आयोजना कार्यालय गोरखाको बारपाक सुलिकोट, गण्डकी र धादीङको बेनिघाट रोराङ, गजुरी गाउँपालिकामा काम गर्ने गरी २०७६ बैशाख २५ गते स्थापना भएको थियो । कोरोना प्रभाव, लाभग्राही छनौट लगायतको काममा ढिलो भएको बताउँदै कार्यालयका कृषि अधिकृत नारायण पौडेलले भने ‘यो वर्षबाट काम गर्न सहज हुन्छ, अब हामीकाम थाल्छौँ ।
यो कार्यालयकाले खाद्य र पोषणको क्षेत्रमा कमजोर स्तर भएका किसानहरुलाई सहयोग गर्ने गरी स्थापना भएको हो । तरकारी खेती, खाद्यान्न, करेसाबारी, रैथाने बाली प्रर्वद्धनमा सहयोग गर्ने प्राविधिक चिन्तानारायण खनालले बताए । भेटनरी तर्फ बाख्रा, कुखुरा, बोयर बोका पालनमा सघाउने र घाँस खेतीमा प्रोत्साहन गर्ने कार्यक्रम रहेको छ । पोषण तर्फ सुनौलो हजार दिनका शिशु र आमालाई पोषणमा सहयोग गर्ने, चेतनामुलक पाठशाला सञ्चालन गर्ने र यी सबै कर्याक्रम लाभग्राही छनौट भएका टोलमा समुह मार्फत सञ्चालन हुने प्राविधिक खनाल बताउँछन् ।
गोरखाको गण्डकी गाउँपालिकामा यी सेवालिने तीनहजार दुई सय ३९ घरधुरी किसान छन् भने बारपाक सुलिकोट गाउँपालिकामा चार हजार एक सय ४० घरधुरी छन् । बेनिघाट रोराङमा तीन हजार पाँच सय ८१ र गजुरी गाउँपालिकामा तीनहजार पाँच सय लाग्राही छानिएका छन् । ‘हामीले २० हजार लाभग्राहीको तथ्याङ्क लिएका थियौँु कृषि अधिकृत पौडेलले भने ‘तथ्याङ्क लिएको दुईवटा ट्याब्ब बिग्रिएर बिवरण पठाउन बाँकी छ, यो मध्ये अब केही थप हुन सक्छ ।
लाभग्राही को(को हुन् भन्ने असार लागेपछि मात्रै यकिन भएकाले कार्यक्रम कार्यन्वयनमा समस्या भएको कृषि अधिकृत पौडेलले बताए । यो आयोजना भुकम्प प्रभावित सिन्धुपाल्चोक र गोरखामा कार्यालय रहेर संचालित छ । भुकम्पको केन्द्रबिन्दु जिल्ला भएकाले यहाँ उक्त परियोजना संचालन गरिएको हो । गत वर्ष कोरोनाको प्रभावमा परेकालाई धान, कोदो को बिउ बितरण गरिएको थियो । करिब पाँच लाखको बिउ बितरण बाहेक अन्य रकम तलब भत्तामा खर्च भएको हो । कृषि ज्ञान केन्द्रको भबनमा सुरु भएको कार्यालयले २०७६ भदौमा नयाँ घर भाडामा लिएर कार्यालय राखेको छ । यो परियोजना २०८१ सम्मका लागि संचालन गर्ने गरि सुरु भएको हो । आयोजना कसरी सञ्चालन गर्ने भन्ने ‘मोडालिटि बारे अझै छलफल चलिरहेकाले कार्यालय प्रमुख दुर्गा पण्डित काठमाण्डौँ गएका छन् ।




