| शनिबार, कार्तिक २८, २०८३

हिमानी ट्रस्टद्वारा गोरखा नगरपालिकालाई सहयोग

दराैँदी समाचारदाताः हिमानी ट्रस्टले गोरखा नगरपालिकाको क्वारेन्टिनका लागि एक थान फिल्टर र पाँच सय थानझुल सहयोग गरेको छ । ट्रस्ट द्वारा बिहिवार आयोजित कार्यक्रममा हिमानी ट्रस्टका अध्यक्ष पूर्वयूवराज्ञी हिमानी शाहाले नगर प्रमुख राजनराज पन्तलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । उक्त फिल्टर एक दिनमा सात सय जना सम्मले पानी प्रयोग गर्न सक्ने क्षमताको रहेको छ ।

कोरोना भाईरसको संक्रमण अझै कम नभएको र यसबाट सर्वसाधारण नागरिकलाई सुरक्षित राख्न उक्त सहयोग गरिएको शाहाले बताईन । ट्रस्टबाट प्राप्त सहयोगको नगरपालिकाले सहि सदुपयोग गर्ने नगर प्रमुख पन्तले बताए । ‘यो बाहेक पनि गोरखा नगरपालिका र ट्रस्टले मिलेर अन्य काम गर्ने छलफल भएको छ’ नगरप्रमुख पन्तले भने ‘आउँदो वर्षकेही काम हुनेछ ।’

ट्रस्टले कोरोना भाईरस महामारिमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, काठमाण्डौँ मेडिकल कलेज, परोपकार अस्पताल, प्रसुति गृह, कारागार अस्पताललाई स्वास्थ्य सामग्रीबितरण गरेको हो । यो आठौँ चरणको राहत बितरण रहेको ट्रस्टले जनाएको छ । बिभिन्न ठाउँको होस्टलहरुमा बस्ने विद्यार्थीलाई पनि खाद्यान्न सामग्री बितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्