| शनिबार, कार्तिक २८, २०८३

सिरानचोक गाउँपालिकाको केन्द्र ‘चित्रेपोखरी’ तोकियो

गाउँपालिकाको केन्द्र चित्रेपोखरी निर्धारण गर्दै सिरानचोक गाउँपालिकाको छैठौँ गाउँसभा बुधबार सम्पन्न भएको छ ।

गाउँसभाका दुईतिहाइ भन्दा धेरै सदस्यले चित्रेपोखरीको पक्षमा समर्थन जनाएपछि चारबर्षदेखि अलमल रहेको गाउँपालिकाको केन्द्र निश्चित भएको हो ।

गाउँसभाका ४३ सदस्यमध्य ३७ जनाले चित्रेपोखरीको पक्षमा मत जाहेर गरेका गाउँपालिकाका प्रमुख राजु गुरुङले जानकारी दिए । पाँच जना सदस्य भने तटस्थ रहेका उनले बताए ।

चित्रेपोखरीलाई केन्द्र बनाउनु पर्छ भन्नेमा नेकपाबाट विजयी गाउँसभाका सदस्यहरु बिमला गुरुङ र गंगा सुनारले प्रस्ताब गरेका थिए ।

सो प्रस्ताबमा गाउँपालिकाकी उपप्रमुख उपाध्यक्ष रीता देवकोटा, संसदीय दलका नेता जयकृष्ण ढकाल, वडा नं. ३ का अध्यक्ष वीरबहादुर थापा, वडा नं. २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङ, वडा नं. ६ का अध्यक्ष नारायण दानीले समर्थन जनाएका नेपाली काङ्ग्रेसको तर्फबाट सुझाव संकलन गर्न गठित सदस्य सिपी पोखरेलले जानकारी दिए ।

यसअघि सिरानचोक गाउँपालिकाको अस्थायी केन्द्र छोप्राक मैदानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्