
अजीरकोटको आउदो वर्ष कृषि प्रवर्धन वर्ष
दरौँदी समाचारदाताः अजीरकोट गाउँपालिकाले आउँदो आर्थिक बर्षलाई कृषि प्रवद्र्धन बर्षको रुपमा काम गर्ने भएको छ । हालै घोषणा गरिएको नीति तथा कार्यक्रममा गाउँपालिकाले ‘कृषिमा लगानी, अजीरकोटको चिनारी’ नाराका साथ बिभिन्न कार्यक्रम उल्लेख गरिएको छ ।
सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रसँग समन्वय गरी कृषिको व्यवसायिकरण, विशिष्टिकरण तथा रोजगारी सिर्जनाका लागि एक वडा एक कृषि बस्तु प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए ।
त्यस्तै गाउँपालिकाले विपन्न, दलित, अपाङ्गता भएका, एकल महिला, अल्पसंख्यक, आदिवासी जनजाति तथा सिमान्तकृतबर्गका लागि विशेष अनुदानमार्फत कृषिमा रोजगारी सिर्जना गर्न तथा युवाको भूमिका बढाउन सहुलियतपूणर् ऋणको प्रवन्धमार्फत कृषि क्षेत्रमा लगानी गर्ने भएको छ । साथै महिला किसान तथा विदेशबाट फर्केका युवाहरुलाई कृषि उद्यममा संलग्न गराउन विशेष प्याकेज लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि प्रवद्र्धन गर्न गाउँपालिकाभरि ‘एक घर एक करेसाबारी’ कार्यक्रम अनिबार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वास्तविक भूमीहिन किसानलाई भूमिमा पहुँच दिन उत्पादनशील निजी तथा सरकारी बाँझो जमिन कृषि उत्पादनको लागि उपयोग गर्ने कार्यक्रम संचालन गरिने गाउँपालिकाले जनाएको छ ।
सो कार्यक्रम लागु गर्न स्थानीय सरकारले जमिनको अभिलेख राखी भूमि बैंकको अवधारणालाई कार्यान्वयन गर्ने जनाएको छ । गाउँपालिकाले भूमि बैंकमा आवद्ध कृषकहरुले गरेको खेतीको लागि प्राविधिक सेवा, वीमा, कृषि सामाग्री, बजार ग्यारेण्टी तथा कृषि उपजको सहज निर्यात र विक्रि वितरणका लागि नीति नियम बनाई बजेटको ब्यवस्था गर्ने भएको छ ।
प्राङगारिक कृषि मार्फत कृषिलाई व्यवसायीकरण गर्दै उत्पादकत्व बृद्धि गरी यस गाउँपालिकालाई प्राङगारिक तरकारी, खाद्यान्न, दुध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बाख्रापालक किसानलाई उत्तम खोर निर्माणमा प्राविधिक रुपले सहज गराउनका लागि नमुना खोर निर्माण गरी प्रदर्शनी गर्ने भएको छ । कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्दैसामुहिक र सहकारी कृषि प्रणालीको विकास गरिनेछ ।
मल, बीउ, सिंचाई र प्रविधिको सुनिश्चितता गर्दै कृषि उपजको बजारीकरणलाई प्रवद्र्धन गर्ने जनाएको छ । बाली तथा पशुपंक्षी बीमामा किसानको सर्बसुलभ पहुँच पुग्ने व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ । यसका लागि निजी क्षेत्र साथै सहकारी संस्थाहरुलाई समेत परिचालन गरिनेछ ।कृषि सहकारीको प्रवद्र्धन गरी साना किसानहरुको आर्थिक सामाजिक सशक्तीकरण गर्न अध्यक्ष साना किसान कार्यक्रमलाई निरन्तरता दिने गाउापालिकाले जनाएको छ । गाउँपालिकाले हाट बजार तथा कृषि प्रदर्शनी मेला आयोजना गर्दै गाउँपालिका क्षेत्रभित्रका उत्कृष्ट कृषक छनौट गरी सम्मान गर्ने भएको छ ।
गाउँपालिका स्तरीय नमुना कृषी फार्मको निर्माण गरी मौरी पालन, फलफुल खेती, अलंैची तथा कफी खेती जस्ता नगदे बाली तथा वेमौसमी तरकारी खेतीको प्रवद्र्धन गरी सम्भाव्य कृषि उत्पादनलाई मध्यनजर गरी जोन तथा पकेट क्षेत्रको व्यवस्था गर्ने भएको छ ।




