| शनिबार, कार्तिक २८, २०८३

उत्तरका दुवै सीमा क्षेत्रमा सुरक्षा क्याम्प राख्ने अन्तिम तयारी

दरौँदी समाचारदाताः उत्तरी गोरखाका दुवै सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा क्याम्प राख्ने तयारी अन्तिम चरणमा पुगेको छ । सीमा क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरीको सुरक्षा क्याम्प राख्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

‘बिओपी राख्ने बारे जिल्लाबाट पटक पटक सिफारिस गरी पठाएका छौं’, उनले भने, ‘सरकारको पनि बिओपी राख्ने नीति छ ।’

क्याम्पका लागि जिल्लाबाट जग्गा सिफारिस हुन बाँकी रहेको सशस्त्र प्रहरी बल, नं. २९ गुल्म गोरखा हे.क्वा. का प्रमुख डिएसपी गुण राज न्यौपानेले जानकारी दिए । ‘हामीले जग्गाको सिफारिस गरेर पठाएपछि माथिबाट दरबन्दी आइहाल्छ’, उनले भने, ‘हामीले साम्दोबाट केही माथि लार्केबाबुनेर र निलेबाट केही माथि सिडुममा क्याम्प राख्ने गरी अध्ययन गरिरहेका छौं ।’

दुवै ठाउँमा ३५ जनाका दरले सशस्त्र प्रहरी रहने उनले बताए । भदौभित्र सीमा क्षेत्रमा सशस्त्र प्रहरी रहन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्