
युएईबाट गोरखाका दुई जना आइपुगे
गोरखाका दुई जना दुबईबाट घर फर्केका छन् ।
युनाइटेड अरब इमिरेट्स(यूएई)ले शुक्रबार एयर अरेवियाको जहाज चार्टर गरी पठाएको १६८ जनामध्य गोरखाका दुई जना आइपुगेका हुन् ।
पालुङ्टार नगरपालिका ८ (साबिक धुवाँकोट ५) का पूर्णबहादुर मगर, र सिरानचोक गाउँपालिका ८(साबिक जौबारी ५) का सविनकुमार लामा रहेको जिल्ला प्रशासन कार्यालय गोरखाका सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।
उनीहरु शनिबार बिहान सात बजे मझुवा पुलस्थित होल्डिङ सेण्टरमा आइपुगेका हुन् । उनीहरुको युएईमै पिसिआर परीक्षण गरिसकिएको र रिपोर्ट नेगेटिभ रहेको छ । सम्बन्धित पालिकामा जानकारी गराई उनीहरुलाई पठाउने तयारी भइरहेको उनले बताए ।सम्बन्धित पालिकामा जानकारी गराई उनीहरुलाई पठाउने तयारी भइरहेको उनले बताए ।




