| शनिबार, कार्तिक २८, २०८३

गोरखामा पुस्तक पसलहरु खुल्ने

सोमबारदेखि गोरखाका किताव पसलहरु खुल्ने भएका छन् । आइतबार सम्पन्न सुरक्षा समितिको बैठकले पुस्तक पसल खुलाउने निर्णय गरेको हो ।

‘सबै स्थानीय तहले परीक्षफल प्रकाशित गरिसकेको र अभिभावकहरुले समेत पुस्तक पसल खुलाउन माग गरेको हुँदा बिहान १० बजेदेखि दिउसो दुई बजेसम्म खोल्ने निर्णय गरिएको छ’, प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले भने, ‘विक्रेता तथा ग्राहक सबैले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने, भौतिक दुरी कायम गर्नुपर्ने प्रावधान पूरा गर्न पनि आग्रह गरिएको छ ।’ पछि अर्को व्यवस्था नहुञ्जेल हालका लागि आउँदो जेठ ३२ गतेसम्म खुलाउने व्यवस्था मिलाइएको उनले बताए ।

यसअघि मन्त्रीपरिषदको गत जेठ चार गतेको निर्णय र आठ गतेको सर्वपक्षीय बैठकले पनि जनक शिक्षा सामग्री केन्द्र तथा पाठ्यपुस्तक विकास केन्द्रबाट अनुमति लिएका नीजि क्षेत्रका प्रकाशन संस्थाबाट प्रकाशित पुस्तक ढुवानी गर्न फुकुवा गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्