| बुधबार, असार ३१, २०७७

बैशाखदेखि अहिलेसम्म भारतबाट १३२ जना गोरखा आए

वैदेशिक रोजगारीको क्रममा भारत गएकाहरु गत बैशाख २५ गतेदेखि शुक्रबारसम्म १३२ जना गोरखा आएका छन् । बिभिन्न नाका हुदै गोरखा भित्रिएकाहरुलाई सम्बन्धित नगर तथा गाउँपालिकाले सामुहिक क्वारेण्टाइनमा राखेको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिकामा नौ जना मात्र भारतबाट आएका छन् । त्यस्तै पालुङटार नगरपालिकामा २४ जना आएका प्रशासन कार्यालयको अभिलेखमा उल्लेख छ ।

त्यस्तै सिरानचोक गाउँपालिकामा जम्मा आठ जना मात्र भारतबाट आएका छन् भने अजीरकोट गाउँपालिकामा पाँच जना आएका कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए ।

त्यस्तै बारपाक सुलीकोटमा यो अवधिमा १७ जना आएका छन् भने धार्चे गाउँपालिकामा ११ जना आएका छन् । त्यस्तै आरुघाट गाउँपालिकामा १४ जना, भीमसेन थापा गाउँपालिकामा २६ जना, शहीदलखन गाउँपालिकामा पाँच जना र गण्डकी गाउँपालिकामा १० जना भारतबाट आएका अधिकृत रोकाले जानकारी दिए ।

उनीहरुलाई १४ दिन सामुहिक क्वारेण्टाइनमा राखेर पिसिआर परीक्षण गरी २१ दिन होम क्वारेण्टाइनमा बस्ने गरी घर पठाउने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्