| शुक्रबार, जेष्ठ २३, २०७७

गोरखामा प्रधामन्त्री वली, मोदी र राष्ट्रपति सीको पुतला दोहन

नेपाल विद्यार्थी संघ गोरखाले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा वली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिनको पुतला दोहन गरेको छ । लिपुलेकमा नेपाली भूमिमाथि अतिक्रमण गरेको भन्दै तीनै देशका राष्ट्र प्रमुखको पुतला दोहन गरिएको संघका जिल्ला अध्यक्ष सुवास अधिकारीले जानकारी दिए ।
गोरखा नगरपालिका वडा नं. १२ मा पुतला दोहन गरिसकेपछि उनीहरुले राँके जुलुस र कोण सभा पनि गरेका थिए ।
कोणसभामा बोल्दै अध्यक्ष अधिकारीले भारत र चीनको द्विपक्षीय सहमतिमा नेपाली भूमि मिचेर सडक बनाइएको दाबी गरेका थिए । साथै देशभित्रै चिनियाँ नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरिएकोमा चिनियाँ राष्ट्रपतिप्रति आक्रोश पोखेका थिए । आफ्नो भूमि मिचिँदा र राष्ट्रसेवक सुरक्षाकर्मीमाथि आक्रमण हुँदा पनि प्रधानमन्त्री वलीले कुनै प्रतिक्रिया नजनाई टुलुटुलु हेरेर बसेको आरोप लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्