| शुक्रबार, जेष्ठ २३, २०७७

स्थानीय सरकार, व्यापारी, व्यवसायीहरुसँग राय संकलन गर्दै गोरखा काङ्ग्रेस, सबैको निचोडको आधारमा अघि बढ्न सरकारलाई सुझाव दिने तयारी

नेपाली काङ्ग्रेस गोरखाले कोरोना महामारी तथा लकडाउनबाट सिर्जित वर्तमान अबस्थाको बारेमा स्थानीय सरकार, उद्योगी, व्यापारी, व्यवासयीसँग राय संकलन अभियान सुरु गरेको छ । सबै पक्षसंग राय संकलन गरी सोही निश्कर्षको आधारमा अघि बढ्न प्रदेश र केन्द्र सरकारलाई सुझाव दिने लक्ष्यका साथ सर्ब पक्षीय अन्तरक्रिया कार्यक्रम सुरु गरिएको पार्टीका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

आइतबार जिल्लाका उद्योगी, व्यापारीहरुसंग विद्यमान कोरोना महामारी तथा लकडाउनका कारण उत्पन्न परिस्थितिका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

विपी स्मृति भवनमा आयोजित कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ, गोरखा च्याम्बर अफ कमर्श, औषधी व्यवसायी संघ, होटल व्यवसायी संघका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गरेको पार्टी सचिव न्यौपानेले जानकारी दिए । छलफलको क्रममा व्यापारी, व्यवसायीहरुले विद्यमान परिस्थितिमा सर्वसाधारण नागरिकको जनजीवन कष्टकर भएको र व्यापारी, व्यवसायीको आर्थिक अबस्था तहसनहस भएको गुनासो गरेका थिए । ‘उद्योग वाणिज्य संघ र च्याम्बर अफ कमर्शका अध्यक्षहरुले सकेसम्म खाद्यान्न अभाव हुन नदिन जोडदार पहल गरिरहेको बताउनु भयो । तर सवारी पासमा झण्झट भएको बताउनु भयो’, सचिव न्यौपानले भने, ‘होटल व्यवसायी संघले पनि भाडामा लिएर चलाएका होटल बन्द हुँदा भाडा तिर्न कठिन हुने, वैँकको लोन तिर्न कठिन हुने भएकाले नीति निर्माण तहमा यस्ता गुनासो पु¥याइदिन आग्रह गर्नुभयो ।’ औषधी व्यवसायीहरुले पनि बिषम परिस्थितिमा काम गरिरहेका विशेष गरी निजी क्षेत्रका स्वास्थ्यकर्मीको योगदानको कदर गर्नुपर्ने, उनीहरुलाई सम्बोधन हुने खालका कार्यक्रम ल्याउनका लागि सरकारको ढोका ढक्ढक्याइदिन आग्रह गरेका न्यौपानेले बताए ।

काङ्ग्रेसले सोमबार निर्माण व्यवसायी संघ र यातायात व्यवसायी संघसंग अन्तरक्रिया गरेर ती क्षेत्रको अबस्था र सुझाव संकलन गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै मंगलबार ११ वटै पालिकाका अध्यक्षसंग परामर्श गरी स्थानीय स्तरमा भए गरेका गतिविधि, अभ्यास र चुनौतीको संकलन गरी नीति निर्माण गर्ने तहसम्म पु¥याउने पहल गर्ने सचिव न्यौपानेले जानकारी दिए ।

गोरखा हालसम्म संक्रमणको हिसाबले ग्रिन जोनमा रहेकाले जिल्लाको बाह्य सीमाना सिल गरेर आन्तरिक गतिविधिलाई सहज बनाउन सकिने वा नसकिने बारेमा बहश गर्ने योजनामा काङ्ग्रेस रहेको सचिव न्यौपानेले बताए । विकास निर्माणको गतिबिधि गरेपछि आर्थिक गतिबिधि बढ्ने विश्वास लिदै उनले सबै तह र तप्काको धारणाको आधारमा निश्कर्ष तय गरी अघि बढ्न काङ्ग्रेसले सुझाव दिने उनले बताए ।
कार्यक्रम पार्टी सभापति हरिबहादुर घलेको सभापतित्वमा सम्पन्न भएको थियो ।

पार्टी सभापति हरिबहादुर घलेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सचिव न्यौपाने, कोषाध्यक्ष कृष्णबहादुर आलेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्