
चण्डी पुर्ने भव्यताका साथ नमनाउन निर्देशन
यही बैशाख २५ गते परेको वुद्ध धर्मावलम्बीहरुको ठूलो पर्व वुद्धजयन्ती भव्यताका साथ नमनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
आइतबार सार्वजनिक सूचना जारी गरी कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भएकाले भेला, जमघट भएर वुद्धजयन्ती, चण्डीपुर्ने नमनाउन आग्रह गरेको हो ।
सूचनामा कोरोना संक्रमण फैलनबाट बच्न राज्यले अवलम्बन गरेको लकडाउनको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ ।
आग्रह उल्लंघन गर्ने कार्य गरेको वा गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।





