
मेडिकल सामग्री गुणस्तरीय र पर्याप्त पाएनौँ ः मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाईरसको रोकथाम, न्यूनिकरण र चेकजाँचका लागि आवस्यक मेडिकल उपकरण पर्याप्त नपाएको बताएका छन् । आज बिहान रेडियो गोरखा सँग अन्र्तवार्ता दिँदै उनले भने ‘गण्डकी प्रदेशका सबै जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा मेडिकल सामग्री पर्याप्त पु¥याउन सकेका छैनौँ, प्रयास गरिरहेका छौँ ।’
सामग्री खरिद प्रक्रिया पुरा गर्नुपर्ने, सबैतिर एकै पटक एकै खाले सामग्रीको माग धेरै भएको जस्ता कारणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार थर्मोगन, पिपिई, आईसियू, भेन्टीलेटर निर्माण गर्न नसकिएको उनले बताए । स्वास्थ्यकर्मीले सुरक्षित स्वास्थ्य सामग्री बिना बिरामी चेकजाँच गर्नुपरेको गुनासो गरिरहेका बेला मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
गण्डकी प्रदेश सरकारको पहलमा कोरोना भाईरस परीक्षण दैनिक दुई सय जना भन्दाबढिको गर्न मिल्ने गरी ब्यवस्थापन गरेको उनले बताए । जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री खरिद गर्न १० लाख पठाइसकेको, प्रदेशका सबै स्थानीय तहमा क्वारेन्टाईन निर्माण गरेको, अस्पलता, एम्बुलेन्स, क्वारेन्टाईन, अनुगमन लगायत कामको ब्यवस्थापनका लागि समिति निर्माण गरेर प्रदेश सरकार अघि बढेको उनले बताए ।




