| शनिबार, कार्तिक २८, २०८३

लायन्स क्लव अफ गोरखाद्वारा गोरखा नगरपालिकाको राहत कोषमा २५ हजार र गोरखा अस्पताललाई पिपिई प्रदान

लायन्स क्लब अफ गोरखा र लायन्स क्लब अफ गोरखाकालिकाले गोरखा नगरपालिकाको कोरोनासम्बन्धी स्थापित राहत कोषमा पच्चीस हजार रुपैयाँ प्रदान गरेको छ ।

बिहिबार आयोजित एक कार्यक्रमका बीच क्लवका अध्यक्ष अच्यूतलाल श्रेष्ठले गोरखा नगर पालिकाका प्रमुख राजनराज पन्तलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

साथै डिस्ट्रिक ३२ बी वान नेपालबाट प्राप्त सात थान पिपिई सेट गोरखा अस्पताललाई हस्तान्तरण गरिएको छ ।

त्यस्तै गोरखा अस्पताल र वल्डक्यापिटल स्कूलमा निर्मित आइसोलेशन वार्डलाई १० थान डस्टबिन प्रदान गरिएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्