| शुक्रबार, चैत्र १६, २०८०

वल्ड क्यापिटल स्कूलमा १२ बेडको आइसोलेशन सञ्चालन

 

गोरखा अस्पताल नजिकै रहेको बोर्डिङस्कूल द वल्ड क्यापिटल माविमा १२ बेड क्षमताको आइसोलेशन निर्माण गर्ने निर्णय भएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्ने उद्देश्यले गठित जिल्लास्तरीय कमाण्ड पोष्टको आइतबार सम्पन्न बैठकले यसअघि तोकिएको नाम्जालीडाँडास्थित जलाधार कार्यालयमा असुविधा हुने ठहर गर्दै वल्डक्यापिटल स्कूलमा आइसोलेशन सञ्चालन गर्ने निर्णय गरेको हो ।

सो आइसोलेशन वार्डमा गोरखा अस्पताल र आमाबा अस्पतालको स्रोतसाधन प्रयोग गरी सञ्चालन गर्ने निर्णय भएको कमाण्डपोष्टका संयोजक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘अस्पतालबाट टाढा आइसोलेशन सञ्चालन गर्दा जनशक्ति, उपकरण लगायतका समस्या आउने हुँदा हाललाई वल्डक्यापिटलमा नै सञ्चालन गर्ने निर्णय भयो’, उनले भने ।

निर्णयअनुसार आइतबार नेपाली सेनाको सहयोगमा पाँच बेडको आइसोलेशन वार्ड तयार भइसकेको छ । सात बेड सोमबार तयार गर्ने गोरखास्थित रणसिँहदल गणका गणपति प्रमुख सेनानी उज्वल केशीले जानकारी दिए ।

यसअघि गोरखा अस्पतालमा दुई र आँपपिपल अस्पतालमा चार बेडको आइसोलेशन तयार भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्