
गोरखा नगरपालिकामा विदेशबाट आउने ४२ जना, सबै जना होम क्वारेण्टाइनमा
लकडाउन आसपासको अवधिमा गोरखा नगरपालिकामा विदेशबाट ४२ जना आएको पाइएको छ । गोरखा नगरपालिकाले संकलन गरेको तथ्यांकको आधारमा जिल्ला कमाण्डपोष्टले यो तथ्यांक सार्वजनिक गरेको हो ।
तथ्यांकअनुसार वडा नं. १ मा भारतबाट एक, साउदी अरबबाट एकजना, वडा नं. २ मा भारतबाट छ जना कतारबाट दुई जना, वडा नं. ३ मा जापानबाट एक, भारतबाट एक र दुबईबाट एक र कतारबाट एकजना आएको पाइएको छ ।
त्यस्तै वडा नं. ५ मा भारतबाट दुईजना, एकजना कतारबाट र वडा नं. ६ मा अष्ट्रेलियाबाट तीन, भारतबाट दुई, कतारबाट एक, बंगलादेशबाट एक जना आएका छन् । त्यस्तै वडा नं. ७ मा आएका एकजनाको देश खुलाइएको छैन । त्यस्तै वडा नं. ८ मा एकजना कतार र एकजना बंगलादेशबाट आएका छन् ।
वडा नं. १० मा जापानबाट एक र बहराइनबाट एकजना, वडा नं. ११ मा एकजना जापानबाट आएका छन् । वडा नं. १२ मा तीनजना भारतबाट र एकजना जापानबाट, एकजना मलेसियाबाट आएका छन् । त्यस्तै वडा नं. १३ मा भारतबाट पाँच र एकजना कतारबाट, वडा नं. १४ मा माल्दिभ्सबाट एकजना आएको तथ्यांक संकलन भएको छ ।
शनिबारसम्म संकलन गरिएकोमा ४२ जना पुगेपनि अझै थप गर्दा अरु भेटिन सक्ने स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए ।
उनीहरु सबैलाई घरभित्रै क्वारेण्टाइनमा रहन आग्रह गरिएको नगरपालिकाका प्रमुख राजन पन्तले जानकारी दिए । उनीहरुमा शंकास्पद समस्या नदेखिएको पनि उनले बताए ।




