| बिहिबार, बैशाख ६, २०८१

कोरोना संक्रमित महिला चढेको बिमानमा गोरखाका एकजना मात्र

कोरोना संक्रमित १९ बर्षीया महिला चढेको बिमानमा गोरखाको जम्मा एकजना मात्र रहेको खुलेको छ ।

गत चैत ४ गते नेपाल आएको कतार एयरवेज फ्लाइट नं. क्यू आर ६५० नम्बरको बिमानमा आएका १५८ जनाको पहिचान खुलिसकेकोमा गोरखा नगरपालिका ५ डण्डीडाँडाका ३६ बर्षका एक युवा मात्र रहेको खुलेको हो ।

उनी काठमाडौंस्थित आफ्नै घरमा सेल्फ क्वारेण्टाइनमा रहेको र उनको स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्