| बुधबार, चैत्र २६, २०७६

भोलीदेखि गोरखाका दैनिक पत्रिका प्रकाशित नहुने, अनलाईन मार्फत सुचना दिईने

गोरखाबाट प्रकाशित दैनिक पत्रिका चैत ११ गते मंगलवारदेखि प्रकाशित नहुने भएको छ । विश्वभर फैलिएको कोरोना भाईरसको त्रास सँगै यसबाट सचेत रहन पत्रिका छपाई, बितरणका कारण समेत प्रभाव फैलन सक्ने भन्दै पत्रिकाहरुले प्रकाशन रोकेका हुन् । दरौँदी दैनिक, सुरुवात दैनिक र गोरखा समाचार दैनिकले केहीदिन पत्रिका प्रकाशित नगर्ने बताएका छन् ।
‘यातायातको साधन चलेका छैनन्, बजारमा अधिकासं पसलहरु बन्द छन्’ दरौँदी दैनिकका सम्पादक शिब उप्रेतीले भने ‘पाठकको हातहातमा पत्रिका पु¥याउँदा भेटघाट हुने, बितरक र छापाखानामा काम गर्नेहरुलाई समस्या हुन सक्छ ।’ पत्रिकाको वेवसाईटलाई निरन्तर अपडेट गराएर सुचना भने दिईरहने उनले बताए । बजार खुलेपछि नियमित पत्रिका छाप्ने बताएका छन् ।
दरौँदी दैनिकको सुचनका लागि www.daraundi.com मा लग अन गरेर समाचार पढ्न र सुचना लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्