| शनिबार, कार्तिक २८, २०८३

कोरोना त्रासले रोकेन गोरखामा भीड (फोटो फिचर)

अश्विन दानी : नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएमा दैनीक उपभोग्य बस्तु अभाव हुने डरले गोरखाका अधिकासंस सर्बसाधरण नागरिकहरु अत्याबश्यक बस्तु जोहो गर्न थालेका छन् ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दैनीक उपभोग्य बस्तु अभाव हुनसक्ने भन्दै त्यसको जोहो गर्न यतिबेला गोरखाका बैङ्कहरुमा नागरिकहरुमा रकम निकाल्ने मानिसको भिड लाग्न थालेको छ ।

तर यो दैनीक उपभोग्य बस्तु किन्न आबश्यक रकम निकाल्न बैङ्कमा भएको भिडले झनै कोरोना संक्रमणको जोखिम उच्च हुन्छ । यसतर्फ भने न बैङ्कले ध्यान दिएको छ, न सर्वसाधारणले नै ।

 

यो गोरखाको राष्ट्रिय बाणिज्य बैङ्क हो । अब तपाई आफैँ अनुमान गर्नुहोस्, यहाँ कोरोना संक्रमणको जोखिम कति होला ? पक्कै पनि, २५ जनाभन्दा धेरै मानिस एकै ठाउँमा उपस्थित हुनु जोखिम छ भनेर सरकारले नै उर्दी जारी गरिरहेको छ । तर यो दृश्यतर्फ पनि सरकारले ध्यान दिन सकेको छैन ।

दैनीक उपभोग्य सामान किन्नका लागि पैसा जोहो गर्न आएकाहरुलाई रोक्न नसके पनि व्यवस्थित गर्न त अवश्य सकिन्थ्यो । तर सरकार र बैङ्कल यसतर्फ कुनै चासो दिएको पाइदैन । यहाँ न सबैले माक्स लगाएका छन्, न स्यानिटाइजर प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्