
जिल्ला प्रशासन गोरखाले आजदेखि चैत २१ गते सम्म नागरिकता र राहदानी बितरण नगर्ने
नोभेल कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सेवा बन्द गर्ने भएको छ । नागरिकता, राहदानी, संघ संस्था दर्ता नबिकरण, बिभिन्न सिफारिसहरु, हातहतियार दर्ता नबिकरण बन्द आईतवार (आज) देखि चैत २१ गते सम्म सेवा बन्द गरिएको प्रशासकिय अधिकृत हर्क रोकाले बताए ।
‘सेवाग्राहीको चाप धेरै हुने भएकाले नियमित सेवा बन्द गरिएको हो, अन्य आन्तरिक काम भने चलिरहन्छ’ उनले भने ।




