| शनिबार, कार्तिक २८, २०८३

कैदिबन्दीलाई आफन्तसँग भेटघाट गर्न रोक

दरौँदी समाचारदाताः जिल्ला कारागार गोरखाले कोरोना संक्रमण रोक्न उच्च सतर्कता अपनाएको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोविड १९) को संक्रमणबाट बच्न कारागार प्रशासनले कैदीबन्दी भेटघाट र तिनका आफन्तले ल्याएका सामानमा रोक लगाएको हो ।

जिल्ला कारागार गोरखाका निमित्त कार्यालय प्रमुख रबिलाल सुवेदीका अनुसार अर्काे सूचना नआएसम्म यहाँका कैदीबन्दीले आफन्तहरुसँग भेटघाट गर्न पाउने छैनन् ।

कोरोना सम्भावित संक्रमणबाट बच्न कारागारमा रहेका कैदी बन्दीहरुलाई बाहिरी मानिसले ल्याएका खाना, खाजा, फलफुल लगायतका कुनै पनि कुरा उपलब्ध नगराउने कार्यालयले जनाएको छ । कैन्दीबन्दीहरुलाई निरन्तर साबुनपानीले हात धुन,सेनिटाराइज तथा मास्कको प्रयोग गर्न र सरसफाई बारे बिशेष ध्यान दिन आग्रह गरेको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्