| शनिबार, असार २७, २०७७

आइतबार दिनभर गोरखामा बिजुली अवरुद्ध हुने

फागुन २५ गते आइतबार भोलि दिनभर गोरखामा बिजुली बत्ती अवरुद्ध हुने भएको छ ।

आँवुखैरेनी सव—स्टेशनदेखि गोरखा सव—स्टेशनसम्म प्रसारण गरिएको ३३ के.भी.प्रसारण लाईनमुनि तथा छेउछाउमा रहेका बाँस घांस, रुखका हाँगा काट्नु पर्ने भएकाले बिजुली अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाले शुक्रवार सूचना जारी गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिजुली बत्ती अवरुद्ध हुने जानकारी गराएको छ । गोरखा सव स्टेशनबाट सप्लाइ हुने जस्तै गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, बुङकोट, नामजुङ्ग, छोप्राक, गाँखु, खोप्लाङ, मिरकोट लगाएका स्थानहरुमा विद्युत आपूर्ति वन्द हुनेछ । काम छिटो सकिएमा बिजुली छिटो आउने बितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए ।

शनिबार मौसमको खराबीको कारण विद्युत लाइनको काम गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्