
गोरखा जौबारीमा भएको ट्याक्टर दुर्घटनामा दाङका भण्डारीको मृत्यू
गोरखाको सिरानचोक गाउँपालिका –८ धन्सारमा शुक्रबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जौवारीबाट चनौटेतर्फ जाँदै गरेको ग १ त ४६८२ नम्वरको ट्रयाक्टर धन्सारमा दुर्घटनामा परी दाङका २३ बर्षिय यज्ञबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटना ट्रयाक्टर चालक सहित २ जना गम्भीर घाइते भएका परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घाइते हुनेहरुमा ट्रयाक्टर चालक बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ का १९ बर्षीय सुमन अधिकारी र दाङ्ग जिल्ला घर भएका सुवास थापामगर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।




