
शनिवार दिनभर गोरखामा बिजुली अवरुद्ध हुने
फागुन २४ गते शनिवार दिनभर गोरखामा बिजुली बत्ती अवरुद्ध हुने भएको छ । आँवुखैरेनी सव—स्टेशन देखि गोरखा सव—स्टेशन सम्म प्रसारण गरिएको ३३ के.भि.प्रसारण लाईन मुनि तथा छेउछाउमा रहेका वांस घांस, रुखका हाँगा काट्नु पर्ने भएकाले बिजुली अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखाले शुक्रवार सुचना जारी गर्दै बिहान १० बजेदेखि साँझ ५ बजे सम्म बिजुली बत्ती अवरुद्ध हुने जानकारी गराएको छ । गोरखा सव स्टेशनवाट सप्लाइ हुने जस्तै गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिका, वारपाक सूलिकोट गाउँपालिका, वुंकोट, नामजुङ्ग, छोप्राक, गांखु, खोप्लाङ, मिरकोट लगाएका स्थानहरुमा विद्युत आपूर्ति वन्द हुनेछ । काम छिटो सकिएमा बिजुली छिटो आउने बितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए ।




