| शनिबार, कार्तिक २८, २०८३

गण्डकी गाउँपालिका भित्रका बालुवा खानी बन्द गर्न प्रशासनको निर्देशन (फोटो सहित)

गण्डकी गाउँपालिका ७ र ८ मा बस्ती नै उठाएर मनोमानी उत्खनन गर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय गोरखाले ती बालुवा खानी तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
‘प्रक्रिया पुरा नगरी चलेका सबै खानी बन्द गर्न निर्देशन दिएका छौँ’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने । जिल्ला प्रशासन कार्यालयको एक टोलीले स्थलगत अनुगमन पछि प्रमुख जिल्ला अधिकारीलाई बुझाएको प्रतिवेदनका आधारमा खानी तत्काल बन्द गर्न प्रजिअले निर्देशन दिएका हुन् । गोरखा रिसोर्स म्यानेजमेन्ट प्राली, सिद्धिदर्शन सप्लायर्स, गोरखकाली ल्याण्ड वास प्राली र सुजोस कन्ट्रक्सन प्रालीले संचालन गर्दै आएको खानी बन्द हुने भएको हो । खानी संचालकहरुले गाउँपालिकालाई प्रति टिपर एक हजार आठ सय र जग्गा धनीलाई एक हजार दुई सय राजस्व तिरेर खानी संचालन गरेको दावी गर्छन । गाउँपालिकाले खानी तथा भुगर्भ बिभागको सिफारिस बिना खानी चलाउने अनुमती दिन मिल्दैन ।


गण्डकी गाउँपालिको कार्यपालिका बैठकले फागुन २६ गते सम्म खानी तथा भुगर्भ बिभागमा दर्ता गरेर नियम संगत ढंगले संचालन गर्न समय दिएको अध्यक्ष होमबहादुर रानाले बताए । ‘खानी बिभागमा गर्नुपर्ने प्रक्रिया पुरा गर्न समय दिएका थियौँ, अहिले सम्म कुनै खानीले पनि भुगर्भ बिभागको कागजात बुझाएका छैनन’ गाउँपालिका अध्यक्ष रानाले भने ।


खानी बाहेक १२ भन्दाबढि बालुवा धुने फिरफिरे सञ्चालित छन् । बिना दर्ता एउटा÷दुईवटा हुँदै अग्ला बालुवा भएका डाँडा सबैमा खानी चल्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्