| शनिबार, कार्तिक २८, २०८३

म त चेली उत्तरी गोरखाको म्युजिक भिडियो रिलिज

गोरखा काशिगाउँकी गायिका सुनिला गुरूङको आवाज रहेको ‘म त चेली उत्तरी गोरखाको’ “ बोलको गीतको म्युजिक भिडियो युटुबमा रिलिज भएको छ ।

गणेश गुरूङको शब्द तथा लय रहेको गीतको भिडियो निर्देशन पनि गणेश गुरूङले नै गरेका छन् भने प्रशन गुरूङको कोरियोग्राफी रहेको छ । भ्रमण बर्ष २०२० लाई लक्षित गरी उत्तरी गोरखाको काशीगाउँ, माछिखोला, नौली खोला झरना, बुढी गण्डकी लगायत थुप्रै रमणीय स्थानहरूमा छायाङ्कन गरिएकाले सो भिडियोबाट उत्तरी गोरखाको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास लिएको गायिका सुनिला गुरूङले बताइन् ।

पद्मे डिजिटल प्रा.लि.को निर्माण प्रस्तुति रहेको यस भिडियोलाई खेम थापा मगरले छायाङ्कन गरेका हुन् भने सम्पादन मेकबहादुर थापाको रहेको छ । चर्चित मोडल तथा गुरूङ फिल्मका नायक नायिकाहरू वीरबल घले(विरूप) र अनुता गुरूङको मुख्य अभिनय रहेको यस भिडियोमा स्थानीय काशीगाउँका कलाकारहरूले कोरस नृत्य गरेका छन् । स्थानीय लोपोन्मुख मौलिक सांस्कृतिक नाचहरू बन्दी दुर्गा नाच, मारूनी नाच र बोन्पो लामा नाचहरू समेत समेटिएकोले भिडियो साँच्चै नै उत्कृष्ट र हेर्न लायक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्