| बुधबार, चैत्र २६, २०७६

धारापानीमा गोनपा ७ को वडा कार्यालय स्थापना

गोरखा नगरपालिकाले सबै वडामा कार्यालय संचालनमा ल्याएको छ । धारपानी स्थित सामुदायिक भबनमा आईतवार कार्यालय स्थापना गरेर वडा नम्बर ७ ले सेवा सुरु गरेसँगै सबैवडामा कार्यालय स्थापना भएको हो ।
‘ढिलै भएपनि हामीले वडास्तरबाटै सेवा दिने गरी नगरभित्र सबैवडामा कार्यालय संचालन गर्न सकेको छौँ’ कार्यालय भबनको उद्घाटन गर्दै नगरप्रमुख राजनराज पन्तले भने । अबको दुई वर्ष भित्र वडा भित्रै जग्गा खोजेर कार्यालय भबन स्थापना गर्ने योजना रहेको उनले बताए । भबन, स्थान अभाव लगायत बिभिन्न कारणले वडा नम्बर ७ को कार्यालय वडाबाटै संचालन गर्न समस्या हुँदा नगरपालिकामा एउटा कोठाबाट सेवा दिनुपर्ने बाध्यता थियो ।
गोरखा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बिष्णुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पन्त, स्थानीय समाजसेवी गोवद्र्धन आचार्य, वडा सदस्य निलबहादुर पुलामी लगायतले धारणा राखेका वडा सचिव सरस्वती अधिकारीले बताईन । मन्तब्य राख्नेहरुले वडाबाटै कार्यालय संचालन भएपछि कामकाजका लागि सजिलो भएको बताए । यस अघि वडाको कामकाजका लागि नगरपालिका सम्म धाउनुपर्ने बाध्यता वडा नम्बर ७ का सर्वसाधारणलाई आईतवारदेखि हटेको छ ।

प्रतिक्रिया दिनुहोस्