| शुक्रबार, साउन ३०, २०७७

विप्लव समूहका दुई जना छुटे

दरौँदी समाचारदाताः विप्लव समूहको गतिबिधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुईजना रिहा भएका छन् । पूर्व जनसरकार प्रमुख विष्णु रिजाल र समूहका जिल्ला सदस्य तथा किसान संगठनका अध्यक्ष रोहित पन्तलाई रिहा गरिएका जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

विप्लव समूहको गतिबिधि परित्याग गरी राजनीतिक गतिविधिमा नलाग्ने प्रतिवद्धतापछि सोमबार रिहा गरिएको एसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्