| शुक्रबार, फाल्गुन ९, २०७६

जनयुद्ध दिवशको अवसरमा सडकभरि रातो टोपीवाला युवाहरु

२५ औँ जनयुद्व दिबसको अवसरमा बिहिवार राष्ट्रिय युवा संघ गोरखाले गोरखा नगरक्षेत्रको सरसफाई गरेको छ ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपाको पार्टी कार्यालय पाटेचौरदेखि अस्पतालमार्ग, घ्याम्पेशाल चोक, हरमटारी, शक्तिचोक, बसपार्क हुँदै रानीपोखरी परिसरसम्म सरसफाई गरिएको युवा संघका जिल्ला अध्यक्ष अशोक शर्मा भट्टले बताए ।

‘भ्रमण ंवर्ष मनाइरहेका बेला पर्यटकीय नगरी गोरखा आउने पर्यटकलाई स्वागत गर्न मद्धत पुगोस भनेर सरसफाई गरेका हौँ’, उनले भने ‘यो जनयुद्व दिबस र त्यतिबेला लडेका शहिदहरुको सम्झना, घाईते अपाङ्गता भएकाहरुको सम्मानमा गरिएको हो ।’

नीलो ट्रयाक र रातो टोपीमा सजिएका सय भन्दाबढि युवाहरु भेला भएर सरसफाई अभियानमा सरिक भएको उनले बताए । युवासंघका सदस्यहरुले नगरक्षेत्रको ंबजारमा भएका फोहोरहरु टिप्ने, बडार्ने गरेरका थिए ।

प्रतिक्रिया दिनुहोस्