
काङ्ग्रेसले बुझोस्, अख्तियार सरकारको निर्देशनमा चल्दैन : प्रबक्ता श्रेष्ठ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको निर्देशनमा नचल्ले कुरामा नेपाली काङ्ग्रेस प्रष्ट हुनुपर्ने बताएका छन् ।
राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको अवसरमा गोरखामा शुक्रबार आयोजित बधाइ तथा सम्मान कार्यक्रममा नेता श्रेष्ठले नेपाली काङग्रेसका नेतालाई अख्तियारले ललिता निवास जग्गा प्रकरणमा लगाएको भ्रष्ट्रचार बिरुद्धको मुद्धामा सरकारको कुनै संलग्नता नहरेको प्रष्टाएका हुन् ।
‘अख्तियारले के निर्णय गर्छ भन्ने कुरा हाम्रो सरकारले बताउने कुरा होेइन । लोकतन्त्रका निम्ति संघर्ष गरेर आएको नेपाली काङ्ग्रेस जस्तो पार्टी र पार्टीका मित्रहरु प्रष्ट हुनुपर्छ । अख्तियार छुट्टै संवैधानिक अंग हो’, श्रेष्ठले भने, ‘सरकारले निर्देशन दिएर अख्तियार चल्ले हैन । त्यसो गर्नु पनि हुन्न ।’
अख्तियार सम्पूर्ण रुपमा स्वतन्त्र रहेको बताउँदै सरकारले सम्पूर्ण संवैधानिक निकायलाई सबै प्रकारका हस्तक्षपबाट बाहिर राख्ने उनले दावी गरे ।
‘हामी अख्तियारले बिना भेदभाव, बिना कुनै प्रकारको पूर्वागहमा यो निष्कर्ष निकालेको होला भन्ने हामीलाई लागेको छैन । सरकारले सम्पूर्ण संवैधानिक निकायलाई कुनै प्रकारको हस्तक्षेपमा गर्न दिँदैन’ उनले भने, ‘त्यसकारण काङ्ग्रेसले यो कुरालाई बुझेर अख्तियारलाई अझैबढि अनुसन्धान मुलक कसरी बनाउने भन्ने कुरालाई जोड दिँदै यस घटनामा पनि थप केही निष्कर्ष निकाल्नु छ भने निकालोस भन्ने कुरा हामी चाहान्छौँ ।’
ललिता निवास प्रकरणलाई सरकारबाट निर्देशित हो भन्ने भ्रम फैलाउँदै संसद अबरुद्ध गर्ने, प्रदर्शन गर्ने जस्ता काम गर्न नहुने उनले तर्क गरे । ‘भ्रष्टाचारी जुनसुकै पार्टीको होस्, त्यसलाई छुट दिनुहुँदैन’, उनले भने, ‘तर, प्रतिपक्ष दलले विभिन्न घटना क्रममा आपत्ति प्रकट गर्ने, संसद अबरुद्ध गर्ने कुरा सधैँ पनि आइरहन्छ । तर सुविचारीक ढङ्गबाट कदम चाल्नका निम्ति हामी अनुरोध गर्न चाहान्छौँ ।’




