
गोरखाका सिडियो र सहायक सिडियोको एकैसाथ सरुवा
गोरखाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको एकैसाथ सरुवा भएको छ ।
आइतबार गृहमन्त्रालयले सूचना जारी गरी गोरखालगायत बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला लगायतका कर्मचारी सरुवा भएको जानकारी गराएको हो ।
गृहमन्त्रालयको सूचना अनुसार गोरखाका प्रजिअ देवेन्द्र लामिछाने कारागार व्यवस्थापन विभाग काठमाडौं सरुवा भएका छन् भने गोरखामा गृहमन्त्रालयबाट सुरेन्द्र पौडेल आउने भएका हुन् ।
त्यस्तै गोरखामा कार्यरत सहायक प्रजिअ तुलसीराम पौडेल जिल्ला प्रशासन कार्यालय काठमाडौं सरुवा भएका छन् भने गोरखामा जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट लुकबहादुर क्षेत्री आउने सूचनामा उल्लेख छ ।





