| शनिबार, कार्तिक २८, २०८३

शहिद दिबसको अवसरमा जेसिज र लियोद्वारा गोरखामा दिपप्रज्वलन

दरौँदी समाचारदाताः शहिद दिबसको अवसर पारेर गोरखा जेसिज गोरखा र लियो क्लव अफ गोरखाले सदरमुकामको हरमटारी चोकमा दिप प्रज्वलन गरेका छन् ।

जहानियाँ राणा शासनविरुद्धको संघर्षका क्रममा विसं १९९७ सालमा वीर सपूतहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुपरेको थियो । उनीहरुको योगदानको सम्मान स्वरुप स्मरणमा गोरखामा दिप प्रज्वलन गरिएको गोरखा जेसिज वर्ष २०२०का महासचिव शिवहरी तिमल्सिनाले बताए ।

दिपप्रज्वलनमा गोरखा जेसिजका अध्यक्ष सुवास मल्ल, लियो क्लव अफ गोरखाका अध्यक्ष बिदुरबल्लव भट्टराई, अन्य जेसी र लियोका सदस्यहरु, नागरिक समाज, बिभिन्न संघ संस्थाका प्रमुख र सर्वसाधारणको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्