| शनिबार, कार्तिक २८, २०८३

सरकारी वकिल कार्यालयको आज उद्घाटन, १८ करोड २५ लाखमा ५ वटा सरकारी भबन तयार

नरहरी सापकोटाः २०७२ सालको भुकम्पमा क्षति पुगेका र नयाँ निर्माण गर्नुपर्नेसहित पाँचवटा सरकारी कार्यालय निर्माण पूरा भएको छ । एशियन डेभलपमेन्ट बैंक(एडिबी)को सहयोगमा, पुन निर्माण प्राधिकरण अन्र्तगत जिल्ला आयोजना कार्यन्वयन इकाई (भबन) मार्फत सरकारी वकिलको कार्यालय, जिल्ला हुलाक कार्यालय, राष्टिूय अनुसन्धान जिल्ला कार्यालय, कृषि ज्ञान केन्द्रको कार्यालय र जिल्ला भू(संरक्षण कार्यालय गोरखाको भबन निर्माण भएको हो । १८ करोड २५ लाख ५२ हजार रुपैयाँमा पाँचवटै कार्यालयको भबन निर्माणको जिम्मा रबिना, डाँफे, डूयागन जेभीले पाएको थियो । २०७४ जेठ सातगते सम्झौता भएर दुईवर्ष भित्र निर्माण सक्ने गरी सुरु गरिएपनि ६ महिना म्याद थप भएर अहिले निर्माण पूरा भएको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिइन् । ‘सबै भबन तयार भईसकेको छ’, उनले भनिन्, ‘काम सम्पन्न गरेर हस्तान्तरण गरेका छौँ ।’

पाँचवटा भबनमध्ये सरकारी वकिल कार्यालय एक समारोहका बीच आज(सोमबार) उद्घाटन हुने कार्यालयले जनाएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भबनको उद्घाटन गर्ने जिल्ला न्यायाधिवक्ता धर्मराज पौडेलले बताए । उक्त भबन तीन करोड ५४ लाख ५२ हजार रुपैयाँमा निर्माण भएको हो । सरकारी वकिल कार्यालय भुकम्प चर्किएको पुरानो भबनमा सञ्चालित थियो । साँघुरो भएका कारण सेवा दिन समस्या थियो । अहिले सुविधा सम्पन्न भुकम्प प्रतिरोधी भबन तयार भएको उनले बताए । राष्टिूय अनुसन्धानको जिल्ला कार्यालय प्रशासन कार्यालयको दुईवटा कोठामा चल्दै आएको थियो । भूकम्पमा भत्किएको हुलाक कार्यालयको नयाँ भबन बनेको हो । नयाँ भबन बनेपछि सेवा प्रवाहमा सजिलो कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापा बताउँछिन् । नाम्जालीडाँडाको आर्मी ब्यारेक आसपास हालै निर्माण सम्पन्न भू(संरक्षण कार्यालयको भबन प्रयोगबिहिन छ । राज्य पुनसंरचनासंगै सो कार्यालय जिल्लाबाट विस्थापित भएपछि नयाँ बनेको भवन प्रयोगबिहिन भएको हो ।

जिल्लाबाट कार्यालय हटेपनि भवन निर्माणको काम भने रोकिएको थिएन । हट्नुभन्दा अघि भाडाको घरमा कार्यालय सञ्चालित थियो । तर हाल तीनकरोड ५४ लाखमा निर्माण भएको भबन प्रयोगबिहिन छ । भूसंरक्षण कार्यालयले नवनिर्मित सो भवनलाई फिल्ड अफिसको रुपमा प्रयोग गर्न जिल्ला आयोजना कार्यान्वयन इकाइ(भबन) डिभिजन कार्यालय लाई पत्राचार गरेको छ । गोरखा नगरपालिका ९ मा रहेको उक्त भबन अन्य सरकारी निकायले प्रयोग गर्ने गरी अनुमती मागेका थिए । कार्यालय हटाउने सरकारी निर्णय अघि नै भबन निर्माण सुरु भएपछि अब के मा प्रयोग गर्ने भन्ने अन्यौल थपिएको हो । नवनिर्मित भूसंरक्षण कार्यालय कसलाई हस्तान्तरण गर्ने भन्ने बारे जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन) अन्यौलमा परेको छ । अन्य चारवटा कार्यालय यथावत रहेकाले हस्तान्तरण भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्