
पहिलो नेपाली अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको कथा : सानु छदा पढ्न नपाएको इखले गाउभरि विद्यालय स्थापना
शिव उप्रेती :
गोरखाको दुर्गम गाउँ लाप्राकका सुनारबहादुर गुरुङ नेपालका पहिलो अन्तर्राष्टिूय पर्वतारोहण पथप्रदर्शक हुन् । नेपाल राष्टिूय पर्वतारोहण पथप्रदर्शक संघका संस्थापक उपाध्यक्ष, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिका पूर्व सदस्य, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएशनका उपाध्यक्ष पनि उनी हुन् ।
उनले गाउँको विद्यालयमा पढेर, खेलेर बाल्यकाल बिताउन पाएनन् । गाई, भेंडाबाख्रा चराएर हिमालको काखमा १८ बर्ष बिताए ।
गोठमै जीन्दगी बित्ने भयो भन्ने जब चिन्ता लाग्न थाल्यो, उनी गोठबाट उम्किए र पर्यटकको भारी बोक्न अन्नपूर्ण क्षेत्र पुगे । साना गाँठीका सुनारले पर्यटकका बढे–बढेमाका भारी बोक्लान् भनेर कुनै टे«किङ एजेन्सीले पनि पत्याएनन् ।
ग्रुपका एकजना भरिया नआएको मौकामा उनले एकदिन भारी बोक्ने अवसर पाए । त्यसैदिन थियो, उनको जीन्दगीले नयाँ घुम्ती पाएको । जब उनले नाइकेको चित्त बुझ्ने गरी भारी बोके, तब खाँट्टी भरियामा नियुक्त भए ।
उनले काम गर्ने टूेकिङ एजेन्सीको सरदार मामा थिए । मामाको अनुपस्थितिमा उनले मामालाई सघाउ पुग्ने बिभिन्न काम गर्ने मौका पाउँथे । कामले काम सिकायो । निरन्तरतको साधना, संयमतता, इमान्दारिता, मिहिनेतले क्रमशः उनी भरिया, कुक, सरदार, शेर्पा हुदै टूेकिङ गाइड भए । उनको आनीबानी, ब्यबहार मन परेर फ्रान्सेली जोडी मिसेल र ज्याट्लिनले उनलाई फ्रान्समा पढ्न लगे ।
फ्रान्समा भाषा पाठशाला र नेशनल स्कूल अफ स्की एण्ड माउण्टेनियरिङमा भर्ना भए । ज्यू(ज्यानको माया नगरी फ्रान्सका हिमालमा हात खुट्टा धसेपछि सन २००८ मा उनलाई सो विश्वविद्यालयले अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको प्रमाणपत्र दियो । सोही बर्ष फ्रेन्च रिपब्लिक युथ एण्ड स्पोर्टस मिनिस्टूीले स्टेट डिग्री अफ स्पोर्टस् कोच अप्सन माउण्टेन गाइडको प्रमाणपत्र प्रदान गर्यो ।
फ्रान्समा राम्रो करियर बनाएका उनले त्यहीँ बसेर मनग्य पैसा कमाउने अवसर पाएका थिए । उनका अभिभावकले उनलाई फ्रान्समै करिअर विकास गर्न बारम्बार आग्रह गरे तर देशको झल्कोले नयाँ कर्मथलो छोडेर उनी सन २००८ मा पुरानै कर्मथलो नेपाल फर्किए ।
उनको गौरवपूर्ण उपलब्धीलाई देशले स–सम्मान पहिचान दियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तेञ्जिङ हिलारी पुरस्कार प्रदान ग¥यो ।
युनियन इन्टरनेशनल डेस एशोसिएशन डि अल्पाइन्जमले इन्टरनेशनल माउण्टेनियरिङ एण्ड क्लाइम्बिङ अवार्ड प्रदान ग¥यो । त्यस्तै पासाङ ल्हामु माउण्टेनियरिङ फाउण्डेशन सम्मान पनि उनलाई प्रदान गरियो । उनको गृहजिल्ला गोरखाको तत्कालीन जिल्ला विकास समितिले पर्यटन सद्भावना दूत घोषणा ग¥यो । टे«किङ एजेन्सिज एशोसियशन(तान), गोरखा समाजसेवा केन्द्र, गोरखा पर्यटन उद्यमी संघ, लाप्राक समाज काठमाडौं, गुरुङ पर्यटन व्यवसायी संघलगायत दर्जन बढि संघसंस्थाले उनलाई पुरस्कार तथा सम्मान प्रदान गरे ।
उनले परिबार पाल्नका लागि ठमेलमा त्रि(नेत्र एड्भेञ्चर प्रालि नामकको कम्पनी स्थापना गरेर पर्यटन व्यवसाय गर्दै आएका छन् । अहिले पनि उनी सो कम्पनीको मेनेजिङ डाइरेक्टर हुन् । त्यसबाहेक उनले सन् २०११ मा निजामती कर्मचारीहरुको सगरमाथा आरोहण कार्यक्रमको संयोजक बनेर सरकारी कदमलाई सघाउ पु¥याएका थिए ।
पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिको पाठ्यक्रम निर्माण समितिका सदस्य थिए । नेपाल नेशनल माउण्टेन गाइड एशोसियशनको अध्यक्ष, नेपाल नेशनल माउण्टेन गाइड एशोसिएशनको शिक्षा प्रमुख, नेपाल माउण्टेनिएरिङ एशोसिएशनको संयोजक आदि पदमा रहेर काम गरिसकेका छन् ।
पर्यटन, पर्वतारोहण, स्की र रक क्लाइम्बिङको क्षेत्रमा उनले गरेको काम ब्रोडसिटका राष्टिूय पत्रपत्रिकामा धेरै पटक छाए ।
पर्वतारोहण र पर्यटनको क्षेत्र बाहेक उनले समाज सेवाको क्षेत्रमा पनि धेरै काम गरेका छन् । गाउँको सेवा गर्ने उद्देश्यले उनले फ्रान्समा छँदै लेजामी द लाप्राक नामक संस्था स्थापना गरेका थिए । सो संस्थाको नेपाल संयोजक पदमा रहेर उनले धेरै फ्रान्सेली दाताहरुसंग अर्थ संकलन गरेर समाज सेवाको क्षेत्रमा खर्च गरेका छन् ।
विशेष गरी उनले गाउँमा विद्यालय बनाउने, छात्रबास बनाउने, विद्यार्थीहरुलाई पढ्न प्रेरणा दिने खालको काम गरेका छन् । आफूले सानु छँदा पढ्न पाएनन् । बेलामा पढ्न नपाएका कारण आधुनिक दुनियाँमा प्रतिष्पर्धा गर्दाको सास्ती सम्झेर उनले दुर्गमका बालबालिकालाई शिक्षा दिने अभियानमा जोड दिए । ‘यो दुनियामा पढाइ नै ठूलो रहेछ । नपढेको मान्छे मुख बोल्ने भएर पनि लाटो जस्तो हुनु पर्दो रहेछ भन्ने कुरा मैले भोगेको छु’, उनी भन्छन्, ‘त्यसैले दुर्गम गाउँका बालबालिकाहरुले मैले जस्तो दुख भोग्नु नपरोस् भन्ने उद्देश्यले स्कूल निर्माणको काम गरेको हुँ ।’
साना बालबालिकाहरु बा–आमाको पछुवा भएर भीरपाखा चहारेर जीवन बिताउनु नपरोस् भन्ने आफ्नो चाहना रहेको उनी बताउँछन् ।
लाप्राकका साथीहरु(लेजामी द लाप्राक)संग साझेदारी गर्न उनले नेपालमा गणेश हिमाल एशोसिएशन नामको संस्था स्थापना गरे । सो एशोसिएशनमार्फत उनले लाप्राकको एक मात्र सरकारी विद्यालय मणिकामदेवी माविका सबै विद्यालय भवन र छात्रबास भवन निर्माण गरे । छात्राबासमा बस्ने, खाने खर्चको प्रवन्ध गरे । त्यहाँका सबै विद्यार्थीलाई आबश्यक पुस्तक, स्टेशनरी तथा सहयोगी सामग्रीहरुको समेत ब्यबस्था गरे ।
त्यस्तै बारपाकको हिमालय माविमा ११ कोठे छात्रबास भवन निर्माण गरे । गुम्दाको सूर्योदय माविको भवन निर्माण गरे । लप्सीबोटको जनजागृति आधारभूत विद्यालयको भवन, उहियाको पार्वती माविको भवन निर्माण गरे ।
त्यस्तै भगवती आधारभूत विद्यालय मान्द्रे, जीवनज्योति आधारभूत विद्यालय बालुवा, ज्ञानज्योति आधारभूत विद्यालय बल्फे, सातकन्या मावि खोर्ला, केरौंजा मावि केरौंजा, गण्डकी प्रावि रुञ्चेत, जनसेवा आधारभूत विद्यालय यमगाउँ, जनजागृति प्राबि माछाखोला र ओलाजुङ प्राबि थलाका विद्यालय भवन निर्माण गरे ।
विद्यालय बन्ने क्रममा नै थिए तर २०७२ सालको विनाशकारी भूकम्पले सबै विद्यालय ध्वस्त पा¥यो । फेरि उनले मणिकामदेवी माविको छ(छ गरी १२ कोठे भवन, जनजागृति आधारभूत विद्यालय लप्सीबोटको छ कोठे भवन निर्माण गरे । त्यस्तै सातकन्या मावि खोर्लाको नौ कोठे भवन र सूर्योदय मावि गुम्दाको छ कोठे भवन पनि पुनर्निर्माण गरेका छन् ।
धार्चे गाउँपालिकाले अघि सारेको मेगा स्कूलको अवधारणामा गाउँपालिकासंग सहकार्य गरी अघि बढ्ने सुनारको योजना छ ।
भूकम्पले क्षतविक्षत भएको धार्चे गाउँपालिकाका बिभिन्न गाउँमा पुगेर उनले पीडितहरुलाई राहत र उद्धारमा पु¥याएको योगदान गाउँलेका लागि सँधै सम्झनाको बिषय बन्यो । उनले आफ्नो गृहनगर धार्चे गाउँपालिकाको पहिचानको रुपमा वृत्तचित्र निर्माण गरेर गाउँपालिकालाई प्रदान गरेका छन् ।
फ्रान्सेलीले लाप्राकको गोठमा २० बर्ष बिताएका सुनार गुरुङ कसरी यो अबस्थामा पुग्यो भन्ने बारे उनको जीवन संघर्षको कथामा आधारित वृत्तचित्र ‘गाइड एट अल कस्ट’ बनाएका छन् । वृत्तचित्रको अंग्रेजी संस्करण पनि बनेको छ । उनको नाममा ‘हिमालको गोठालो’ नामको पुस्तक प्रकाशन भएको छ । लाप्राकको धार्चेडाँडा, पुसुडाँडा, गुप्सीपाखा, दिलिङखर्कको गोठालो पछि कसरी ‘हाइप्रोफाइल’ बन्न सफल भए भन्ने बारे तयार गरिएको ‘हिमालको गोठालो’ पुस्तक अंग्रेजी र फ्रान्सेली भाषामा समेत प्रकाशन भएको छ ।




