
गोरखाका पाचहजार प्रबलीकरण लाभग्राहीमध्य दुईजनाले मात्रै अनुदान लिए, छिटो नलिए अनुदान गुम्ने खतरा
गोरखामा पाँच हजार तीन सय ५० घरधुरी प्रवलिकरण लाभग्राही रहेकामा दुई जनाले मात्र अनुदान लिएका छन् ।
अनुदान सम्झौता गर्ने अन्तिम म्याद सकिँदासम्म जम्मा दुई जनाले मात्र प्रबलिकरणका लागि एकलाख अनुदान लिएका अनुदान व्यवस्थापन तथा पूर्वाधार इकाईले जनाएको छ ।
पूर्णक्षतिको सूचीमा नाम पार्ने प्रयास गर्दा प्रबलिकरणको अनुदान नलिएका इकाइले जनाएको छ । एक हजार आठ सय १७ जनाले भने प्रवलिकरणका लागि पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएका कार्यालयले जनाएको छ ।
दोस्रो किस्ताको ५० हजार लिएपछि पूर्ण क्षतिमा जान नपाईने हुँदा उनीहरु अहिले पनि पूर्ण क्षतिको आशमा दोस्रो किस्ता लिएका छैनन् । प्रवलिकरण लाभग्राहीमा परेका मध्ये दुई जनाले दोस्रो किस्ताको रकम लिएको जिल्ला आयोजना कार्यन्वयन ईकाई (जिमाली) का प्रमुख रामशरण आचार्यले बताए ।
जिल्लाभर अहिलेसम्म सातवटा घर मात्रै प्रवलिकरण भएको छ । ती मध्ये ५ वटा भारत सरकार सहयोग प्राप्त नेपाल आवास पुन निर्माण परियोजनाको सहयोगमा बनेको हो । भुकम्पमा आंशिक घर भत्किएका पिडितलाई प्रवलिकरण गर्न सरकारले पुन निर्माण प्राधिकरण मार्फत एकलाख रुपैयाँ अनुदान दिने निर्णय ग¥यो । सामान्य मर्मत गरेर बस्न मिल्ने अर्थात ‘रेटूोफिटिङ’ गर्न मिल्ने घरलाई प्राविधिक नापजाँचपछि प्रवलिकरण लाभग्राही कायम गरिएको हो ।
ती बाहेकका लाभग्राहीले प्रवलिकरणमा सिफारिस भएर पहिलो किस्ता लिँदा पूर्ण क्षतिमा जाने बाटो बन्द हुने आशंकाले पहिलो किस्ता समेत लिएनन् । राष्टिूय पुननिर्माण प्राधिकरणले अन्तिम पटकका लागि एक महिनाको समय सीमा तोकेर अनुदान लिन सुझाब दिएको छ । पूर्ण क्षतिमा सिफारिस नभएका प्रवलिकरण लाभग्राहीले तोकिएको समयभित्र अनुदान नलिए गुम्ने खतरा रहेको प्राधिकरणका प्राविधिकहरु बताउँछन् ।
‘तीन लाख नै पाईन्छ कि भन्ने आशमा प्रवलिकरण लाभग्राहीले अनुदान लिएका छैनन’, जिमालीका प्रमुख आचार्यले भने, ‘अब त्यो सम्भावना कम छ ।’ दुई हजार एकसय तीन जना भुकम्प पिडितले आफु प्रवलिकरणबाट पूर्ण क्षति लाभग्राहीमा जान इच्छुक रहेको भन्दै निवेदन दिएका थिए । ती मध्ये राष्टिूय पुन निर्माण प्राधिकरणले ७१ जनाको मात्रै पूर्ण लाभग्राहीमा सिफारिस गरेको छ । पूर्ण क्षति लाभग्राहीबाट प्रवलिकरणमा जान चाहेका २० जना मध्ये १४ जनाको सिफारिस भएको ईकाईले जनाएको छ ।
भुकम्पको केन्द्रबिन्दु जिल्ला गोरखामा ७१ हजार एक सय ६९ लाभग्राही कायम भएका छन् । ६७ हजार पाँच सय ७१ जनाले अनुदान सम्झौता गरेका छन् भने ६४ हजार एक सय ८९ जनाले पहिलो किस्ता लिएका छन् । ६२ हजार एक सय ३४ ले दोस्रो किस्ता र ५७ हजार सात सय ८५ ले तेस्रो किस्ताको अनुदान लिएका छन् । ४४ हजार आठ सय ७१ घर भने निर्माण पुरा भएको जिल्ला आयोजना कार्यन्वयन ईकाई (भवन) की प्रमुख सुनिता श्रेष्ठले बताइन् । तेस्रो किस्ता लिएका घर पनि निर्माण सम्पन्नको चरणमा छन् । प्राविधिक खटिनुअघि गोरखामा एक सय ४१ घर बनिसकेको मध्ये ६६ घरमात्रै अनुदान पाउन योग्य सुचीमा सिफारिस भएका छन् ।
गोरखामा ७१ हजार एकसय ६९ जना लाभग्राही रहेकोमा हालसम्म ६७ हजार पाँचसय ७१ जनाले अनुदान सम्झौता गरेका जिमाली कार्यालयले जनाएको छ ।




