
गोरखामा यसरी मनाईयो पृथ्वीजयन्ती (हेर्नुहोस फोटोमा)
आशिषकुमार भट्ट ः गोरखामा भब्य रुपमा आज पृथ्वीजयन्ती मनाइएको छ । गोरखा नगरपालिका गोरखाको आयोजनामा २९८ औँ पृथ्वीजयन्ती भब्य रुपमा मनाइएको हो ।
गोरखा नगरपालिकाको वडा नम्बर १ देखि १४ सम्मका बिभिन्न जाती, धर्म, भेषभुसा सहित सर्वसाधारण झाँकी, ¥यालीमा सरिक भएका थिए । सयौँको संख्यामा भेला भएर लामो समयपछि स्थानीय सरकारले आपनत्व लिएर गोरखामा पृथ्वीजयन्ती मनाइएको हो । यस अघिका वर्षमा समान्य रुपमा पृथ्वीजयन्ती मनाउने गरिन्थ्यो ।



गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख अशोककुमार गुरुङको प्रमुख आथित्यतामा संग्राहालय परिसरमा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाहरुले पृथ्वीनारायण शाहको सम्मान र प्रचारमा गोरखाले विषेश जोड दिनुपर्ने धारणा राखेका थिए ।




