
गोरखा-खैरेनी सडकमा प्रदुषण बढ्यो
दरौँदी : भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा गोरखाको मुख्य प्रवेशद्वार मानिएको गोरखा(आबुखैरेनी सडकखण्डको आसपास फोहर डम्पिङ गरी प्रदुषित गर्ने गरिएको गुनासो बढ्न थालेको छ । सो सडकखण्ड मा बिगत बर्षदेखि नै अब्यबस्थित तरिकाले फोहोर फाल्ने गरेको गोनपा १३ अँबुवाका कर्मसिङ टोल बिकास संस्थाका अध्यक्ष सुजन गर्तौलाले जानकारी दिए ।
गोरखाको मुख्य सडक आसपास नै जथाभावी फोहोर र दुर्गन्ध भएपछि गोरखा आउने पर्यटकहरु बाट यहाँको नराम्रो सन्देश जाने उनले तर्क चिन्ता गरे । ‘पर्यटन बर्ष २०२० चलिरहेको छ । तर, गोरखा आउने मुख्य सडक खण्डमा यसरी जथाभावी फोहोर फालिएको छ’, उनले भने, ‘गोरखा आउने पर्यटकहरुले त्यो फोहोर देखेभने कस्तो सन्देश जान्छ होला ?
यस्तै फोहोर सधैँ रहिरह्यो भने गोरखाको पर्यटन प्रबद्र्धन कसरी हुन्छ ?’ स्थानीयहरुका अनुसार उक्त ठाउँमा मासु ब्यबसायीहरुले कुखुराको मासु काट्दा निस्कने फोहोर तथा प्लाष्टिकहरु लगेर अब्यबस्थित तरिकाले फाल्ने गर्छन् । फोहोर गन्हाउने हुँदा स्थानीय तथा पैदल यात्रीलाई समेत गाह्रो हुने गरेको छ । फोहोर फाल्ने ब्यक्ति पहिचान गर्न टोल बिकास संस्थाबाट अनुगमन गरेपनि भेट्न नसकेको उनले बताए ।
‘उक्त ठाउँमा फोहोर फालेको फालै गरेपछि टोल बिकास संस्थाबाट हामीले फोहोर फाल्ने मान्छे पत्ता लगाउ केही दिन अनुगमन पनि गरेका थियौँ’, उनले भने, ‘तर, फोहोर फालिरहेकै बेला कसैलाई पनि भेटेनौँ ।’ सडकको छेउमा अब्यबस्थित तरिकाले फोहोर फाल्न नहुने बताउँदै गोनपा १३ का वडा अध्यक्ष हरिबहादुर खनालले त्यसको नियन्त्रण गर्न लागिपर्ने बताए ।
‘जथाभावी फोहोर फालेको भन्ने गुनासो आएपछि म आफैँ स्थलगत अनुगमनमा गएको थिएँ’ वडाध्यक्ष खनालले भने, ‘मासु काट्नेहरुले मासु काट्दा निस्कने फोहोरलाई त्यसरी जथाभावी फालेका रहेछन् । त्यसले अत्यन्तै दुर्गन्ध फैलाएको छ । मैले नगरपालिकामा खबर गरिसकेँ । भोलि नै त्यो फोहोरलाई उचित ब्यबस्थापन गरिनेछ ।’ उक्त ठाउँमा बिगतमा पनि जथाभावी फोहोर फाल्ने गरेको उनी बताउँछन् ।
‘त्यो ठाउँमा बिगतमा पनि जथाभावी फोहोर फालिएको हुन्थ्यो’, उनले भने, ‘हामीले उक्त ठाउँमा फोहोर फाल्न नियन्त्रण हुन्छ कि भन्ने उदेश्यले फोहोर फाल्नेलाई जरिवाना तिराईने छ भनेर होर्डिङ बोर्ड सकेत राखेका थियौँ तरपनि फोहोर फालिरहेका छन् ।’ गोरखा नगरपालिकाका बाताबरणबिद ध्रुब घिमिरेले उक्त सडक खण्डमा फोहोर फाल्ने ब्यक्ति पत्ता लगाएर कारवाहीको दायरामा ल्याउने बताए । ‘भोलि नै त्यहाँ फालिएको फोहोर नगरपालिकाका कर्मचारी गएर उठाएर ल्याएर उचित ब्यबस्थापन गर्नेछौँ’ घिमिरेले भने,




