
नेकपा गोरखाको कार्यालय सदस्य चयन
नेपाल कम्युनिष्ट पार्टी नेकपाको गोरखा जिल्ला कार्यालय गठन भएको छ ।
शुक्रबार सम्पन्न बैठकले सात सदस्यीय जिल्ला कार्यालय गठन गरेको हो ।
पूर्व माओवादीको तर्फबाट चार र पूर्व एमालेको तर्फबाट तीन सदस्य रहने गरी कार्यालय गठन गरिएको कार्यालय सचिव अकुर तिमिल्सिनाले जानकारी दिए । कार्यालय सदस्यहरुमा जिल्ला अध्यक्षमा लेखबहादुर थापा र सचिव प्रेम गुरुङ सहित सदस्यहरुमा दिपक तिमिल्सिना, भगवती तिवारी, छमबहादुर गुरुङ, यादव बस्नेत र कृष्ण नेपाली रहेका छन् ।
उक्त कमिटिले जिल्लामा संगठनको गतिविधि र नियमित कार्यसञ्चचालन गर्ने नेकपाले जनाएको छ ।
जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष तथा सचीवहरुको बैठकले कार्यालय सदस्य तोकेको हो । सो बैठकले आउँदो १५ गतेभित्र गाउँ तथा नगर कमिटिको बैठक सम्पन्न गर्ने निर्णय गरेको तिमिल्सिनाले जानकारी दिए ।




