
एकैदिन तीन सडक र पुल सिलान्यास, ढुङ्गागाढे–बुङ्कोट, ढोडेनी–भच्चेक, चोरकाटे– थुम्का सडक स्तरीय बन्दै
सोमबार एकैदिन गोरखामा तीनवटा सडक र एउटा पुलको सिलान्यास भएको छ । गण्डकी प्रदेशले निर्माण गर्ने ढुङ्गागाढे बुङ्कोट सडक, ढोडेनी(भच्चेक सडक, र चोरकाटे थुम्का सडक स्तरोन्नती गर्ने कामको सोमवार भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले सिलान्यास गरेका हुन् । साथै गोरखा नगरपालिका ३ को कुमालगाउँबाट सिरानचोक गाउँपालिकाको चोरकाटे जोड्ने टावर झोलुङ्गे पुलको पनि सिलान्यास गरेका छन् ।
उनले सिलान्यास गरेका चारवटै योजनाको लागत करिब ७९ करोड भन्दाबढिको रहेको छ ।
सबैभन्दा पहिले ढोडेनी (सिम्जुङ(भच्चेक सडकको सिलान्यास गरिएको हो । २० करोड ५६ लाखमा स्तरोन्नती हुने भएपछि सर्वसाधारणलाई सजिलो हुने अजिरकोट गाउँपालिका उपाध्यक्ष चन्द्रा गुरुङले बताईन । उक्त सडक २०७८ मंसिर पाँच गतेभित्रै ग्राबेल भईसक्नुपर्छ । बिरुवा नाना गोरखा जेभीले ठेक्का पाएको उक्त सडक एक निर्वाचन क्षेत्र एक सडक अन्र्तगत बन्न लागेको पूर्वाधार बिकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताए ।
करिब १४ किलोमिटर उक्त सडक निर्माण भएपछि अजिरकोट गाउँपालिकाका सर्वसाधारणलाई फाईदा पुग्नेछ । यी तीनवटै सडकको चौडाई भने ५.५ मिटर हुनेछ ।
चोरकाटे, कुमालगाउँ, सिमलाफेद, राम्चे, बरामगाउँ, थुम्का सडक २१ करोड २९ लाखमा स्तरोन्नती हुँदैछ । करिब १० किलोमिटर सडकको कालोपत्रेको काम लामा कन्स्टूक्शनले २०७८ असोज ३१ सम्म पुरा गर्नुपर्नेछ । सम्भावित रणनीतिक सडक अन्र्तगत उक्त सडक निर्माण भएपछि सिरानचोक र अजिरकोट गाउँपालिकाका स्थानीयले सहज सेवा पाउनेछन् ।
गोरखा नगरपालिकाको ढुङ्गागाढे देखि बुङ्कोट, नाम्जुङ, घैरुङ, मनकामना सडक ३३ करोड ९१ लाखमा कालोपत्रे हुन लागेको हो । १२ किलोमिटरसम्म उक्त सडक कालोपत्रे हुने पूर्वाधार बिकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताए । कात्तिक ६ गते लामा कन्स्टूक्सन सँग ठेक्का सम्झौता भएको यो सडकको काम २०७८ कात्तिक पाँचगतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सडक सिलान्यास गर्दै भौतिक पूर्वाधार बिकास मन्त्री बस्नेतले समयमै काम सिध्याउन निर्माण ब्यवशायीहरुलाई निर्देशन दिए । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्र्तगत कालोपत्रे हुने लागेको सडक तत्काल १२ किलोमिटर गरिएपनि मनकामना सम्म जोड्ने आश्वासन उनले दिए । ‘काम समयमै भए, नभएको गुणस्तीय गरे, नगरेको बारे सर्वसाधारणले पनि चासो दिनुपर्छ’ उनले भने । एकै दिन चारवटा बिकासे योजनाको सिलान्यास गरेपछि उनले संघीयताले गाउँगाउँमा बिकास ल्याएको बताए । बिकास निर्माणका काममा सबै राजनीतिक दल मिलेर जानुपर्नेमा उनको जोड थियो । उनले गोरखाको मुख्य ग्रामिण सडक केही वर्ष भित्र नियमित सवारी साधन चल्न सक्ने बनाउने बताए ।
प्रदेश सरकारले उज्यालो प्रदेश घोषणा गर्ने गरी घरघरमा बिजुली बत्ती पु¥याउने योजनाका साथ काम गरिरहेको उनले बताए । गोरखा नगरपालिका ८ को ढुङ्गागाढे, बुङ्कोट हुँदै घैरुङ मनकामना जाने उक्त सडक वर्षाको बेला हिलाम्य हुने र हिउँदो बेला धुलोका कारण सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । नगर र गाउँ जोड्न उक्त सडक महत्वपूर्ण रहेको बताउँदै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले समय भन्दा अगाबै सिध्याउन ब्यवशायीलाई सहयोग गर्ने बताए । दरौँदी नदीमाथि बन्ने टावर झोलुङ्गे पुल तीन करोड २९ लाख लागतमा निर्माण हुनेछ । गोरखा जगदम्बा जेभीले निर्माण गर्ने उक्त पुल २०७७ चैत २७ गते सिध्याउनुपर्ने सम्झौता भएको छ ।
गोरखामा एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत पालुङटार नगरपालिका भित्र एउटा काम सुरु भईसकेको छ भने गोरखामा एउटा सडक सुरु हुन बाँकी छ ।




