| शनिबार, कार्तिक २८, २०८३

निशुल्क जडिबुटी, मेडिकल तथा अकुपञ्चर स्वास्थ्य शिविर सुरु

 

गोरखाको दुर्गम गाउँ चुम्चेतमा अकुपञ्चर, आम्जी र एल्लोपेथिक पद्धतिको निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । ठ्रान्कुफेन्दे क्लिनिक र चुमनुब्री गाउँपालिका वडा नं. ६ को कार्यालयको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सुरु भएको हो ।

आइतबारदेखि सुरु भएको चारदिने स्वास्थ्य शिविरमा सोमबारसम्म दुईसय जनाले स्वास्थ्य लाभ लिइसकेका शिविरको संयोजन गरिरहेका वाङचुक राप्तेन लामाले जानकारी दिए ।


शिविरमा चिसोका कारण उत्पन्न हुने बाथ तथा हाडजोर्नीको समस्या सबैभन्दा धेरै देखिएको उनले बताए । त्यस्तै ग्यास्ट्रिक र दाँतको समस्या पनि धेरैमा देखिएको छ ।

तीनदिनसम्म चुम्लिङमा सञ्चालन हुने र एकदिन रिब्चेतमा शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको लामाले जानकारी दिए ।
ठ्रान्कु रिम्पोछेको सहयोगमा सञ्चालित ठ्रन्कु बज्रयाना वुद्धिष्टको सौजन्य, ठ्रान्कुतारा अबे क्लिनिक काठमाडौंको सहयोगमा ठ्रान्कुफेन्दे क्लिनिक नमोवुद्धले सञ्चालन गरेको शिविरमा पाँचजना स्वास्थ्यकर्मीहरु खटिएका छन् । उनीहरु पाँचैजना गुम्बाका स्वास्थ्यकर्मी रहेको वाङचुक राप्तेनले जानकारी दिए ।

हाडजोर्नी र दाँत सम्बन्धी बिरामी धेरै भएकाले यससम्बन्धी शिविर अर्कोपटक पुन राख्ने योजना बनाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्