
गोरखाका दुईवटा प्रहरी चौकी उद्घाटन, २२ मध्य १३ चौकी बन्यो दुईवटा चौकी अझै त्रिपालभित्रै
गोरखामा नवनिर्मित दुईवटा प्रहरी चौकी सोमबार एकै दिनमा उद्घाटन गरिएको छ ।
पालुङटार ९ सेरामा रहेको रातमाटे प्रहरी चौकी र सिरानचोक ३ हर्मी हालै निर्माण सम्पन्न भएको प्रहरी चौकी गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी विनोद शर्मा घिमिरले उद्घाटन गरेका हुन् ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले भुकम्पमा २२ वटा चौकीमा क्षती पुगेको मध्ये १३ वटा निर्माण सम्पन्न भएको जानकारी दिए ।
‘१३ वटा मध्ये ताकुकोट चौकी निर्माणको चरणमा छ’, उनले भने ‘बोर्लाङ, बारपाक, बालुवा, चनौटे चौकी निर्माण सम्पन्न भइसकेका छन्, उद्घाटन गर्न बाँकी छ ।’ पालुङटार, बुङ्कोट, घ्याम्पेशाल, घ्याल्चोक लगायतका प्रहरी चौकी निर्माण पूरा भएर प्रहरी बस्न थालिसकेका छन् । जिल्ला प्रहरी कार्यालय चालु वर्षबाट निर्माण हुनेछ ।
२०७४ साउन २२ गतेबाट पुन निर्माण सुरु भएको रातमाटे प्रहरी चौकी.एक करोड ५५ लाख लागतमा निर्माण सम्पन्न भएको हो । २०७४ बैशाख ६ गतेबाट निर्मााण थालिएको ईलाका प्रहरी कार्यालय हर्मी एक करोड ९३ लाख रुपैयाँको लागतमा निर्माण पूरा भएको एसपी अधिकारीले जानकारी दिए । दुवै चौकी होम निर्माण सेवाले निर्माण गरेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेको अध्यक्षतामा भएको प्रहरी चौकी उद्घाटन कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेल, प्रमुख जिल्ला अधिकारी देवेबन्द्र लामिछाने, एसपी ओम अधिकार, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, पालुङटार नगरपालिकाका उपप्रमुख पम्फा बसेल, प्रहरी निरीक्षक इन्जिनियर निरञ्जन सिंह लगायतले धारणा राखेका थिए ।
प्रमुख अथिति डिआईजी बिनोद शर्मा घिमिरेले चौकी पुन निर्माण सम्पन्न गर्ने निर्माण ब्यवशायीलाई धन्यवाद दिए । ‘नागरिक प्रहरीको सहकार्य बाट समजमा शान्ति सुरक्षा कायम गर्न सकिन्छ’ उनले भने ‘प्रहरी सुदृढिकरण अन्र्तगत यसरी भौतिक पूर्वाधार सम्पन्न बनाउन सकियो भने नागरिकको सेवा र सुरक्षामा पनि प्रहरीलाई मद्धत पुग्छ ।’
जनतालाई सुरक्षित महशुस गराउने गरी काम गर्न प्रहरीलाई निर्देशन समेत दिए । भुकम्पको केन्द्रबिन्दु गोरखामा भत्किएका केही चौकी भने जग्गा अभावका कारण अझै भाडाका घर र अस्थायी टहरामा संचालित छन् ।




