| शनिबार, कार्तिक २८, २०८३

गण्डकी गाउँपालिकामा पर्यटक भित्र्याउन भिआईपीको जलबिहार

 

 

त्रिशुली नदीमा जलबिहार(¥याफ्टिङ) संचालन गरेर पर्यटक भित्र्याउन भन्दै गण्डकी गाउँपालिकाले शनिवार ‘भिआइपी’लाई जलबिहार गराएको छ । गण्डकी गाउँपालिकाको वडा नं. ६, ७ र ८ ले प्रतिनिधि सभा सांसद हरिराज अधिकारी, गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापा र गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने सहितको टोलीलाई जलबिहार गराएको हो ।

त्रिशुलीमा आयोजित जलबिहारमा ४० भन्दा बढिको सहभागिता रहेको वडा नम्बर ८ का अध्यक्ष रामप्रसाद रेग्मीले बताए । गण्डकी गाउँपालिका वडा नम्बर ८ बाट ७ हुँदै ६ सम्म त्रिशुली नदीमा करिब दुईघण्टा ¥याफ्टिङ चलेको थियो । गण्डकी गाउँपालिकाको तीनवटै वडाका अध्यक्ष, कर्मचारी र जिल्ला स्थित अन्य केही सरकारी कार्यालयका कर्मचारी पनि ¥याफ्टिङको मज्जा लिन पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सो अवसरमा बोल्दै आन्तरिक पर्यटन बढाउन सके गाउँपालिका र समग्र जिल्लाको बिकासमा मद्धत पुग्ने बताएका थिए । ‘रोजगारी सिर्जना गर्न, पर्यटकीय स्थल र संभावनाको खोजी गर्न यस्ता कार्यक्रमले मद्दत पुग्छ’ उनले भने । गण्डकी गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत राकेश गुरुङले नेपाल भित्रै नेपाली धेरै घुम्न बाँकी रहेको बताउँदै भने ‘बाह्य भन्दा पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने हाम्रो योजना हो ।’ पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकलाई त्रिशुलीको ¥याफ्टिङका लागि पनि आह्वान गर्ने योजना पालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए । सहभागीहरुले पर्यटन प्रर्वद्धन गर्ने कार्यक्रम सबैतिर गर्न आवश्यक रहेको बताएका थिए ।

‘राजमार्ग छेउमा देख्दा सहज देखिएपनि यस क्षेत्रको बिकास हुन सकेको छैन’ ¥याफ्टिङ सकिएपछि आयोजित कार्यक्रममा प्रमुख अतिथी सांसद हरिराज अधिकारीले भने । जल बिहारमा सहभागी कार्यालय प्रमुखहरुलाई उनले आफ्नो कार्यालय र ठाउँबाट त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्ने काम गर्न अनुरोध गरे । ‘सल्लाह दिनेले सल्लाह दिएर, योजना बनाउन सक्नेले योजना दिएर कसरी यहाँको बिकास गर्न सकिन्छ भन्नेमा ध्यान दिनुहोला’ उनले भने । गण्डकी गाउँपालिकाको पाँचवटा वडालाई त्रिशुली नदीले छुने र त्यहाँसम्म ¥याफ्टिङ सञ्चालन गर्न सहज हुने स्थानीय जनप्रनिधिहरुले बताए । आफ्नै निर्वाचन क्षेत्र रहेको गोरखा १ को समग्र बिकासका लागि आन्तरिक पर्यटन प्रवद्र्धन पनि महत्वपूर्ण र आवश्यक रहेकाले त्यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सांसद अधिकारीले जोड दिए ।

आँबुखैरेनीदेखि सिउरेनीटारसम्म गोरखातर्फ राजमार्ग बनाउन सके गोरखाको बिकासमा ठुलो मद्दत पुग्ने सांसद अधिकारीले बताए । ‘अहिले भएको पृथ्वीराजमार्ग बढाउन मिल्ने ठाउँ छैन, अब गोरखा तर्फ त्यस्तै दुई लेनको पक्की सडक बनाउनुपर्छ’ उनले भने । राष्टिूय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न हुने र राजमार्गले गोरखा जोड्ने भएपछि मात्रै बिकासको गती देखिने उनले बताए । ‘मुआब्जा निर्धारणमा ढिलो भएको छ, तर पनि अन्तिम तयारीमा छौँ’ उनले चिन्ता ब्यक्त गरे ।

गण्डकी प्रदेशका भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री लेखबहादुर थापाले प्रजिअ, सांसद, मन्त्री, गाउँपालिका र अन्य कार्यालय प्रमखु सहित राजनीतिक दलबिच सुमधुर सम्बन्ध कायम राख्न जलबिहार जस्ता कार्यक्रम हुनुपर्ने बताए । ‘यसले काम गर्ने हौसला सबैलाई प्रदान गर्छ’ उनले भने ‘यहाँको प्रचार प्रसार र प्रर्वद्धन गरेर उपयोग गर्दै फाईदा लिन सक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्