| शनिबार, कार्तिक २८, २०८३

प्रदेश मन्त्रीद्वय बस्नेत र थापाको सांसद कोषको बजेट बाँडफाँट(कहाँ कहाँ कति कति पर्यो ? सूचीसहित)

निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्र्तगत गोरखा १ ‘क’ र ‘ख’ बजेट बाँडफाँड गरिएको छ ।

‘क’ का सांसद लेखबहादुर थापाले एक लाख देखि अधिकमत २५ लाख रुपैयाँ सम्मका २५ वटा योजनामा बजेट बिनियोजन गरेका छन् । ‘ख’ का सांसद रामशरण बस्नेतले दुई लाख देखि २५ लाख सम्मका २५ वटा योजनामा बजेट बिनियोजन गरेका छन् । निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्र्तगत दुबै सांसदले चालु वर्षको बिकास बजेट दुई÷दुई करोड बाँडफाँड गरेका हुन् । जस अन्र्तगत ‘क’ मा कटुसघारी वानिया गाउ वन्दिचौर छत्तिउन सडक स्तवृद्धी गो न पा एक, २५ लाख, मुस्लिम कव्रस्थान कम्पाउण्ड निर्माण गोनपा दुई २५ लाख, तल्लो कोखे ज्यामिरेघाट आपचौर सडक स्तरवृद्धि गण्डकी ७ घ्यालचोक नौ लाख ५० हजार, नयां वसपार्क पश्चिमकालि सडक स्तरवृद्धि गो न पा ७ नौ लाख ५० हजार, वहुउद्देश्यीय सामुदायिक महिला भवन मकैपुर डाडाँगाउ (अधुरो कार्य ) शहिद लखन ७ वुङकोट नौ लाख ५० हजार, सुकौराखोला वयाक लिफ्टिङ खानेपानी योजना शहिदलखन ७ वयाक वुङकोट नौ लाख ५० हजार बिनियोजन गरिएको छ ।

यस्तै गह्रापानी फुटवल ग्राउण्ड निर्माण गोनपा ४ फिनाम नौ लाख, वर्चुला महिला वचत तथा ऋण सहकारी भवन निर्माण शहिदलखन ९ नामजुङ नौ लाख, महादेव कृषि सहकारी भवन निर्माण गण्डकी २ सादिखोला ८ लाख, रजेटार गाइखुर टोल विकास समितिको भवन निर्माण गोनपा ३ देवकोटा चौतारा ८ लाख, वक्राङवेसि सिंचाइ योजना निर्माण तथा मर्मत कार्य वडारखोला र चिसोपानी नहर शहिद लखन १ वक्राङ ८ लाख, देउराली छविसे वराहफांट सडकस्तरवृद्धि शहिद लखन गा पा ८, सात लाख, जुनज्योति युवाक्लव खेलमैदान निर्माण शहिद लखन ९ रिप ७ लाख, कौदी युवाक्लव खेलमैदान निर्माण गण्डकी ४ कौदी ७ लाख, प्रगति युवा क्लव भवन निर्माण गण्डकी ६ चिसापानी भुम्लिचोक ५ लाख, ढकाल्नेआप विरौटा जामुने विमिरे सडक स्तरवृद्धि गण्डकी ५ पाँच लाख प्रदेश १ ‘क’ मा छुट्याइएको छ ।

जनहित युवाक्लव खेलमैदान निर्माण शहिदलखन ४ वरडाँडा ताक्लुङ ५लाख, जनआदर्श युवाक्लव खेलमैदान निर्माण शहिदलखन ९ नामजुङ ५ लाख, अधेरिखोला खानेपानी लिफ्ट अधुरो कार्य पूरा गर्ने गोनपा २५ लाख, शहिद स्मृति गेट मर्मत सुधार गोनपा ६ हरमटारी ५ लाख, भवानी आधारभुत विद्यालय घेरावार गण्डकी गापा ५ रामपुर ३ लाख, चण्डिस्थान मन्दिर अधुरो कार्य पुरा गर्ने गोनपा २ हुञ्चिङगाउ २ लाख, मगरभाषाको कौडा कलासंस्कृति संरक्षण डूेस शहिद लखन २आरुवोट र ३ सिलिङ, लामाछाप मनकामना २ लाख, वागभैरव मन्दिर अधुरो कार्य पूरा गर्ने गो न पा २ तल्लो कोखे १ लाख र प्रशासनिक खर्च चार लाख रुपैयाँ गरी बजेट बाँडफाँड गरिएको छ । निर्वाचन क्षेत्र १ को ‘ख’ अन्र्तगत आरुघाट ३ र ४ मा बराम र दलित जातीको आर्थिक अवस्था उत्थान कार्यक्रम (बाख्रा वितरण तथा खोर निर्माण( ५० घर धुरीका लागि २५ लाख बजेट बिनियोजन गरिएको छ ।

भिमसेन ४ को वालुवाटार (वालिमटार हुदै प्रभात स्कूल सडक २५ लाख, आरुघाट ७ अन्र्तगत सिमरा भलछापे ढांडस्वांरा वयाक भोग्टेनी आप्रिक चिसापानी सडक स्तरोनतीको लागि २० लाख, धार्चे ७ भिरकुना सडक १५ लाख, चुमनुब्री ४ चुननुब्री ४ प्रोकका ३४ घरमा जस्तापाता लगाउने कार्यक्रममा १५ लाख बजेट बिनियोजन गरिएको छ । यस्तै अन्य योजना १० भन्दा कमका छन् । ग्रामीण आय आर्जन युवा क्लव खेल मैदान निर्माण आरुघाट १ मान्बु ५लाख, आरुघाट २ मान्बुको द रियल युवा क्लव खेल मैदान निर्माणका लागि ५ लाख, धार्चे ५ सिङ्ला खेलकुद मैदान निर्माणका लागि ५ लाख, केरौजा खेलकुद मैदान निर्माण ५ लाख, सर्दी गोरेटो वाटो निर्माण चुमनुब्री ६ चुम्चेत ५ लाख, चुमनुब्री ४, ५ को विहीफेदी बुर नामरुङ्ग जाने बाटो निर्माणमा ७ लाख, पाङसिङ स्कूल कम्पाउन्ड निर्माण चुमनुब्री ३ पाङसिङ ३ लाख, समुन्नत युवा क्लब खेलकुद मैदान निर्माण भिसमेन ५ बगुवा ५ लाख, नमुना तान्द्राङ्ग युवा क्लब खेल मैदान निर्माण भिसमेन १ तीन लाख बजेट बिनियोजन गरिएको छ ।

लोसो लामाबगर मोटरबाटो भिसमेन ३ पाँच लाख, थ्रिस्टार युवा क्लब खेल मैदान निर्माण भिसमेन १ तीन लाख, सूर्यमुखी महिला समूह आय आर्जन (बाख्रा वितरण तथा खोर निर्माण) भिसमेन ५ बगुवा ७ लाख, सिम्भुमाई युवा क्लब भवन निर्माण आरुघाट ६ छ लाख, कमल पोखरी खेल मैदान निर्माण भिमसेन ७ पाँच लाख, नमूना महिला समूह भवन मर्मत आरुघाट ८ तीन लाख, चुम उपत्यका अहिंसा क्षेत्र शताव्दी उत्सव कार्यक्रमका लागि सात लाख, ह्ुल्चुक गोरेटो बाटो निर्माण धार्चे १ आठ लाख, मुस्लीम (संस्कृती संरक्षण) भिसमेन ६ दुई लाख, दराई र माझी जातिको संस्कृती संरक्षण भिमसेन ८ दुई लाख, शहिद स्मृति प्रतिक्षलय निर्माण पाँच लाख र प्रशासनिक खर्च चार लाख बिनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्