| शनिबार, कार्तिक २८, २०८३

दरौंदी दैनिक प्रदेशस्तरको ‘क’ बर्गमा बर्गीकृत

गोरखाबाट प्रकाशित दरौंदी दैनिक पत्रिका ‘क’ वर्गमा बर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले यस पत्रिकालाई प्रदेशस्तरको ‘क’ बर्गमा सूचीकृत गरेको हो ।

यस दैनिक अघिल्लो बर्ष स्थानीयस्तरको ‘क’ बर्गमा बर्गीकृत थियो । यसबर्ष प्रदेश स्तरमा ‘क’ बर्गमा बर्गीकृत गरिएको प्रेस काउन्सिल नेपालको बुधबार प्रकाशित सूचनामा उल्लेख छ ।

प्रेस काउन्सिल नेपालले बुधबार ९१२ वटा पत्रपत्रिका बर्गीकृत सम्बन्धी नतिजा सार्वजनिक गरेको हो । जसअनुसार ‘क’ वर्गमा १५७, ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ गरी जम्मा ७६६ पत्रपत्रिका वर्गीकरणमा परेका छन् ।

वर्गीकरणमा समावेश ७६६ मध्ये राष्ट्रियस्तर १५६, प्रदेशस्तर १४२ र स्थानीयस्तरमा ४६८ वटा पत्रिका कायम भएका छन् । वर्गीकरणमा समावेश भएकामा दैनिक १४९, अर्धसाप्ताहिक ३, साप्ताहिक ४६५, पाक्षिक १२, मासिक ७०, द्वैमासिकरत्रैमासिक ११ र साहित्यिकरभाषिक ५६ रहेका छन् । दरौंदी दैनिक पत्रिका २०५५ सालको वैशाख १ गतेबाट प्रकाशन आरम्भ भएको हो । २०६७ असोज १ गतेबाट दैनिक प्रकाशन सुरु भएको हो ।

यस पत्रिकाले पत्रिकाको पहुँच नभएका देश तथा विदेशमा रहेकालाई गोरखाको स्थानीय समाचारको पहुँच पुर्याउनका लागि www.daraundi.com अनलाईन पेज पनि सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्