| शनिबार, कार्तिक २८, २०८३

गोरखाका सांसद दवाडी र आचार्यद्वारा कोषको बजेट बाँडफाँट( कहाँकहाँ परे दवाडी र आचार्यका योजना)

गोरखा क्षेत्र नं. २ का निर्वाचित सांसदहरु प्रकाशचन्द्र दवाडी र हरिशरण आचार्यले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बिनियोजन गरेका छन् ।

क्षेत्र नं. २, प्रदेश ख बाट निर्वाचित सांसद दवाडीले सांसदहरु मनकुमारी गुरुङ र धनमाया तामाङको रोहबरमा बिभिन्न २५ वटा योजनामा दुई करोड रुपैयाँ बिनियोजन गरेका हुन् । तीनलाख देखि २५ लाख रुपैयाँसम्मको कार्यक्रममा बजेट बिनियोजन गरिएको बैठकको समन्वय गरेको सिँचाइ कार्यालयका इञ्जिनियर विष्णुहरि अधिकारीले जानकारी दिए । राङरुङ, तालखोला धन्सिरा सडकका लागि र थालाजुङ, नयाँबजार काउले, बट्टे हुदै साँदीखोला जोड्ने सडकका लागि २५÷२५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै सिरानचोक ५ को सामुदायिक बहुउद्देश्यीय भवनका लागि २० लाख, अजीरकोट ४ बालुवामा खेलमैदानका लागि १० लाख, झ्याल्ला भूमेमन्दिरबाट ढाँडबेशी जोड्ने पुल निर्माणका लागि १० लाख, बारमुले युवाक्लव चित्रेको सामुदायिक भवन निर्माण गर्न १० लाख, हुवामे ठोमो वौद्ध समाज घर निर्माणका लागि १० लाख बिनियोजन गरिएको इञ्जिनियर अधिकारीले जानकारी दिए ।

त्यस्तै ढिस्काको जन्मभूमि युवा क्लवको भवन निर्माणका लागि ७ लाख, मेरिया आलडाँडा ढापे भञ्ज्याङ दारीचौतारा मोटरबाटो निर्माणका लागि ६ लाख, घोहिनी मिठाहास सामुदायिक भवन निर्माणका लागि पाँचलाख, लामागाउँ सामुदायिक भवनका लागि तीनलाख, हिमाली तमु युवाक्लवको खेलमैदानका लागि चारलाख, रिठाबोटदेखि माथिल्लो वञ्चोकसम्मको सडकका लागि पाँचलाख, कुसुण्डे मन्दिर तथा हल निर्माणका लागि ६ लाख, निसेफ तुप्राङ खारुङ सडकका लागि पाँचलाख, गोहोरे कालीका आमा समूहको भवन निर्माणका लागि चारलाख, रातमाटे हुदै सुलीकोटडाँडा जोड्ने सडकका लागि पाँचलाख, स्यार्तान निमाविको मैदान घेराबारका लागि पाँचलाख, संवृद्ध एकता युवाक्लवको खेलमैदानका लागि तीनलाख, कोइलीपानी महिला समूहको भवन निर्माणका लागि पाँचलाख, लाङ्दी गाउँसुधार समूहको भवन निर्माणका लागि पाँचलाख, महेन्द्रलीला माविको मैदान निर्माणका लागि चारलाख, जौबारीको लालचेन गुम्बा भवन निर्माणका लागि पाँचलाख, मण्डकी युवाक्लवको अमलेखेलमैदान निर्माणका लागि पाँचलाख, नयाँसाँगु युवाक्लवको खेलमैदानका लागि चारलाख बिनियोजन गरिएको इञ्जिनियर विष्णुहरि अधिकारीले जानकारी दिए ।

 

गोरखा निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश क बाट निर्वाचित साँसद हरिशरण आचार्यले कुल २४ योजनाका लागि वजेट वितरण गरेका छन् । आचार्यले पालुङटारमा १६ र गोरखा नगरपालिकामा ८ वटा योजना बिनियोजन गरेका हुन् । पालुङटार नगरपालिकाभित्र छनौट गरिएका योजना अन्तर्गत पाउरोटीभण्डार सामाचौर चापाभञ्ज्याङ कार्कीगाउँ अमले सडकका लागि २५ लाख, सुवानेखोला, कुरैचौर, बज्रेखोला टारीखेत बुधेगैरा सडकका लागि १५ लाख, वडा नम्वर ५ को बौद्ध हिमाल युवा क्लवको भवन निर्माणका लागि १० लाख, वडा नम्वर ८ को झाँक्रा समाज घर निर्माणका लागि ७ लाख, भवानी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि ९ लाख र चापाभञ्ज्याङ सामुदायिक भवन निर्माणका लागि १० लाख रुपैया छुट्याइएको छ ।

फेदी खाल्टे डाँडागाऊँ सडक स्तरोन्नतीका लागि १० लाख, धौखोला टारीखेत ज्यामिरे सिंचाई योजनाका लागि ५ लाख, आँपपिपल भञ्ज्याङको नेवार गुठी समाज अधुरो भवन निर्माणका लागि ५ लाख, माझको डिही समाज भवनका लागि ३ लाख, पाँग्रे दलित बस्ती खानेपानीका लागि २ लाख, सातदोवाटोको नेवार गुठी समाज अधुरो भवनका लागि ५ लाख, पाण्डेबेशी पाण्डेगाऊँ सडक निर्माणका लागि ५ लाख, हाराहारी दलित समुदाय संस्कृति संरक्षण र प्रवद्र्धनका लागि ४ लाख र नाँगेटार पाटी निर्माणका लागि ५ लाख रुपैया छुट्याइएको छ ।
गोरखा नगरपालिका अन्तर्गत तेह्र किलो सिर्दिखोला गोरखा नगरपालिका गेट कृषि सडकका लागि २५ लाख, रानीवन पँदेलछाप पार्क निर्माणका लागि १० लाख, निमा व्हेसर बौद्ध गुम्बा निर्माणमा १० लाख, असलटारी कुलो मर्मतका लागि ५ लाख, खहरे मूलपानी अक्कर सडकका लागि ५ लाख, द ओसन क्लव आर्टिफिसियल टर्फ निर्माणका लागि ८ लाख, दरौंदी खोला मर्चे खोला सडकका लागि साढे २ लाख, डाँडे कुलो मर्मतका लागि साढे २ लाख, कट्टेलडाँडा खानेपानी योजनाका लागि ८ लाख रुपैया छुट्याइएको साँसद आचार्यले जानकारी दिए । सांसद हरुले बिनियोजन गरेको बजेट तथा कार्यक्रम कार्यान्वयन जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले गर्ने इञ्जिनियर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्