| शनिबार, कार्तिक २८, २०८३

कुटनीतिक पहलबाट सीमा विवाद अन्त्य गर्न पत्रकार महासंघको माग

किरण लोहनी :

लिपुलेक, लिपियाधुरा, कालापानी लगायत नेपाली भू(भाग समेटेर हालै सार्वजनिक भारतीय नक्शाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार गोरखामा सम्पन्न महासंघको सातौं पूर्ण बैठकपछि २१ बुँदे घोषणापत्र जारी गर्दै पत्रकार महासंघले भारतीय नक्शा संशोधनको पहल गर्न नेपाल सरकारसंग माग गर्ने निर्णय गरेको पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।

साथै देशका अन्य क्षेत्रमा रहेका सीमा समस्या तथा विवादहरुलाई राष्टूको स्वाधीनता र सार्वभौमिकता कायम हुनेगरी समाधान गर्नसमेत माग गरेको छ । आगामी मंसिर १४ गते हुने उप(निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र स्वतन्त्र ढंगले सम्पन्न गर्न महासंघले अनुगमन गर्ने निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।

महासंघ केन्द्रीय समितिको आयोजना तथा सम्वन्धित शाखाको संयोजन र व्यवस्थापनमा कास्की, सुनसरी र पाँचथरमा सम्वन्धित उम्मेदवार र सरोकार पक्षको सहभागितामा निर्वाचन संवाद कार्यक्रम सञ्चालन गरिने पनि बैठकले निर्णय गरेको महासंघका अध्यक्ष आचार्यले जानकारी दिए ।

यस्तै अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयमा चित्त नबुझ्दा प्रहरीले समाचार लेख्ने र प्रकाशन गर्ने पत्रकारलाई विद्युतीय कारोबार ऐन, २०६३ का आधारमा पक्राउ गर्ने, थुनामा राख्ने, बयान लिने, मुद्दा चलाउने कार्य बन्द गर्न र उक्त ऐन पत्रकारको हकमा लागू नहुने व्यवस्था सुनिश्चित गर्न पनि पत्रकार महासंघले सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

यस्तै महासंघले राष्टिूय गौरवको जलाशययुक्त बुढीगण्डकी आयोजनाका सबै प्रक्रिया पूरा गरी निर्माण कार्य तत्काल सुरु गर्न पनि माग गरेको छ । ऐतिहासिक, पुरातात्विक एवम् साँस्कृतिक महत्त्वको गोरखा दरवारको पुनर्निर्माण कार्य सुस्त गतिमा भइरहेकोतर्फ पनि महासंघले सरकारको ध्यानाकर्षण गराउँदै अविलम्ब पुनर्निर्माण सम्पन्न गर्न माग गरेको छ । यस्तै गोरखा दरबार, गोरखकाली मन्दिर, गोरखनाथ मन्दिर, मनकामना मन्दिर, मनास्लु संरक्षित क्षेत्र, २०७२ सालको भूकम्पको केन्द्र बारपाकलगायत ऐतिहासिक स्थल एवम् पर्यटकीय सम्पदा रहेको गोरखा जिल्लाको समग्र विकासका लागि यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।मुलुकमा संघीयता कार्यान्वयन भइसकेको अवस्थामा सञ्चारमाध्यमको दर्ता, प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी लगायतको व्यवस्था जिल्ला तहबाटै गर्न, सञ्चारमाध्यमको वर्गीकरण प्रदेशस्तरबाटै गर्न, सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित स्थानीय साना लगानीका स्वरोजगारमूलक मिडियाको प्रबद्र्धन गर्न, स्थानीय तहका विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन र समानुपातिक विज्ञापन प्रणाली लागू गर्न पनि महासंघको बैठकले माग गरेको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्ति, अन्य राजनीतिक नियुक्ति पाएका तथा पूर्णकालीन राजनीतिज्ञको भूमिकामा रही काम गरिरहेका महासंघका सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्यागको घोषणा गर्न पनि पत्रकार महासंघले आग्रह गरेको छ । संघीय राजधानी बाहिर पनि महासंघको केन्द्रिय बैठक गर्ने नीति अनुसार सातौं पूर्ण बैठक गोरखामा गरिएको महासंघका सदस्य लक्ष्मण कार्कीले बताए । पत्रकार महासंघ गोरखा शाखाको आतिथ्यतामा सम्पन्न बैठकको समापन लगत्तै गोरखाका स्थानीय तहहरुले आफ्नो पालिका भित्रका पर्यटकीय स्थलहरुबारे महासंघका सदस्यहरुलाई जानकारी गराएका छन् ।

आसन्न नेपाल भं्रमण वर्षलाई लक्षित गरी जिल्लाका पर्यटकीय स्थलहरुको चिनारी देशभर गराउने उदेश्यले यस्तो कार्यक्रम गरिएको पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्