| बुधबार, कार्तिक २७, २०७६

क्षेत्र नं. १ का सांसदद्वारा साझेदारी कार्यक्रमको बजेट बाँडफाँट

सांसदहरुले वितरण गर्ने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्वर १ को बजेट बाँडफाँट गरिएको छ । प्रतिनिधिसभाका साँसद हरिराज अधिकारीको संयोजकत्वमा बुधबार सम्पन्न बैठकले कुल ६ करोड रुपैयाको बजेट विभिन्न योजनाका लागि बाँडफाँट गरेको हो । जिल्ला समन्वय समितिको प्रशासनिक खर्च बाहेक ३४ वटा योजनामा बजेट वितरण गरिएको जिल्ला समन्वय अधिकारी यमेन्द्र उपाध्यायले जानकारी दिए ।

कुल बजेटको ५० प्रतिशत रकम ५० लाखभन्दा माथिका योजनामा र बाँकी आधा बजेट १० लाख भन्दा कम नहुने गरी वितरण गर्नुपर्ने कार्यविधि अनुसार बजेट बाँडफाँट गरिएको उनको भनाई छ । जस अन्तर्गत ५० लाख बजेटका ६ वटा योजना रहेका छन् ।

गण्डकी गाऊँपालिका वडा नम्वर २ को ठुटेपिपल(पातिस्वारा(घ्याम्प्रिङ गाउँ दल भन्ज्याङ सडक स्तरोन्नति, शहिद लखन गाऊँपालिकाको बुङ्कोट देउराली(रानीस्वारा(चिसोपानी तिनमाने सडक स्तरोन्नती र अश्राङ रिप(अमला भन्ज्याङ(नारायणपुर(हेल्थपोस्ट सडक स्तरोन्नतीका लागि ५० लाखका दरले बजेट विनियोजन गरिएको छ । आरुघाट गाऊँपालिकाको आर्खेत(थुमि(गणेश मा.वि.(वाँसपुर(मालस्वारा सतिडाँडा सडक स्तरोन्नती, धार्चे गाऊँपालिकाको गुम्दा(पौटु(लापु सडक स्तरोन्नती र गोरखा क्याम्पस(नाङ्लेपानी(सानो रिप(अमराई वेनीखोला सडक स्तरोन्नतीका लागि पनि ५० लाखका दरले रकम छुट्याइएको जिल्ला समन्वय समितिले जनाएको छ ।

बाँकी योजनामध्ये गण्डकी गाऊँपालिका ५ मा रानीस्वाँरा सामुदायिक भवन निर्माणका लागि १४ लाख ६० हजार रुपैया छुट्याइएको छ भने अरु सबै योजना १० लाख रुपैयाका रहेका छन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनौट भएका १० लाखका अन्य योजनामा बुद्ध आवासीय मावि सिर्दिवास गेट निर्माण, चुम्चेतको सिप्चेतमा सामुदायिक भवन निर्माण, प्रोक सामुदायिक भवन निर्माण, लाप्राक आमा समूह भवन निर्माण, यामगाऊँ महिला सामुदायिक भवन निर्माण, माछिखोला सामुदायिक भवन मर्मत, धार्चेकै रुन्चेत र सिंगलामा सामुदायिक भवन निर्माण, भीमसेन थापा गाऊपालिका ५ मा शहिद स्मृति पार्क तथा भवन मर्मतका लागि पनि बजेट छुट्याइएको छ ।
यस्तै भिमसेन थापा ३ मा दलित बस्ती सामुदायिक भवन, भिमसेन थापा ४ को काशिखोला(भगवती माविको सडक नाला निर्माण, भिमसेन थापा १ को सपुंगे तालखोला सडक स्तरोन्नती, शहिद लखन ६ को हिमालय युवा क्लव सामुदायिक भवन निर्माण, शहिद लखन ७ को मकैपुर भण्डारी गाऊँ सामुदायिक भवन निर्माण, शहिद लखन ८ को हाडेखोला चौर मन्दिर नजिक सामुदायिक भवन निर्माण, शहिद लखन १ को बक्रेश्वर माविको मैदानमा गाह्रो सहित उकास्ने कामका लागि पनि १०÷१० लाखका दरले बजेट छुट्याइएको छ ।

यस्तै जनशक्ति मावि खेल मैदान निर्माण, विजया भवानी मावि कम्पाउण्ड निर्माण, गण्डकी गाऊँपालिका २ को भलायोडाँडा महिला सामुदायिक भवन निर्माण, गण्डकी ८ को बेनीगाऊँ चण्डीभञ्ज्याङ युवा क्लव सामुदायिक भवन निर्माण र गोरखा नगरपालिका ६ को पर्यटन सूचना केन्द्रका लागि पनि १०÷१० लाख रुपैया बजेट छुट्याइएको छ । यस्तै नारेश्वर दलित कृषक सेवा समाज समूह भवन मर्मत, आरुघाट ५ को स्थानीका आधारभूत विद्यालय कम्पाउण्ड निर्माण, ग्यापिनथोक सात तले भिर पिपल डाँडा सडक स्तरोन्नती र आरुटार खेलकुद मैदान स्तरोन्नतीका लागि पनि बजेट छुट्याइएको छ । ६ करोड बजेटमध्ये जिल्ला समन्वय समितिको प्रशासनिक खर्चका लागि ५ लाख ४० हजार रुपैया छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्