| शनिबार, कार्तिक २८, २०८३

सिरानचोकमा पुनर्निर्माण सम्पन्नता प्रमाणपत्र वितरण

सिरानचोक गाउँपालिकामा भूकम्पपछि पुनर्निर्माण सम्पन्नभएका घरधुरीलाई घर निर्माण सम्पन्नताको प्रमाणपत्र वितरण सुरु गरिएको छ । सिरानचोक गाँउपालिकाको आयोजनामा सबै वडामा छुट्टाछुट्टै कार्यक्रम गरी प्रमाणपत्र वितरण गर्न थालिएको होे । वडा नम्बर २ बाहेक अन्य सबै वडामा प्रमाणपत्र वितरण सुरु भएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ३ को कार्यालयमा आयोजित कार्यक्रममा राष्टिूय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधारका प्रमुख रामशरण आचार्यले सम्पन्नता प्रमाण पत्र प्रदान गरी सुरक्षित आवास निर्माण गरेको पुष्टि गरेका हुन् ।
सम्पन्नता प्रमाणपत्रले वडास्तरमा रेर्कड, व्यवसायिक क्रियाकलाप तथा लगानी गर्न समेत घरधनीलाई सहज हुने उनको भनाई छ ।
राष्टिूय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डाक्टर हरेराम पराजुलीले निजीआवास पुनर्निर्माण क्षेत्रमा गोरखा लगायत अन्य जिल्लामा आशातित प्रगति भइरहेको बताए ।

यस्तै, वडा नम्बर ५ मा आयोजित कार्यक्रममा जिल्ला आयोजना कार्यान्वय इकाई (भवन) का इन्जिनियर युवक श्रेष्ठले सम्पन्नता प्रमाणपत्र वितरण गरे । सिरानचोक गाँउपालिकामा भारत सरकारद्धारा सहयोग प्राप्त नेपालआवास पुनर्निर्माण परियोजनाले वडा नम्बर २, ३, ४, ५, ६ मा निजि आवास पुनर्निर्माणका लागि सामाजिक प्राविधिक सहजिकरण गरिरहेको छ ।

ती वडामा ९१ प्रतिशत घर पुनर्निर्माण सम्पन्नभएका छन् ।

प्रतिक्रिया दिनुहोस्