| बिहिबार, बैशाख ६, २०८१

एनआरएनएको अध्यक्षमा गोरखाका कुमार पन्त बिजयी

 

गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा गोरखा फुजेलका कुमार पन्त विजयी भएका छन् । अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको दुईबर्षे कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् ।

पन्त बिगत २० बर्षदेखि जर्मनीमा होटल लगायतका बिभिन्न ब्यबसाय सञ्चालन गर्दै आएका छन् ।

यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए ।

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो ।

निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।

# https://daraundi.com/बिचार/18809/

गोरखाको फुजेलको सामान्य परिबारमा सन १९७६ मा जन्मिनु भएका कुमार पन्त तिक्ष्ण बुद्धी,शालीन तथा आज्ञाकारी बालब्यक्तित्व उहाँको असल परिचय थियो ।
अबसरको खोजीमा सपनाको सानो पोको बोकी सन १९९७ तिर जर्मन छिरेर जीबन एक सँघर्ष हो भन्ने आत्मसाथ गरी होटल लाईनमा जागिरे रूपमा आफ्नो प्रबासी जीबन यात्रा शुरू गर्नु भएको पन्तले आफ्ना ब्यक्तिगत जीबनलाई सहजतामा बदल्ने क्रममा नै अब बिदेशमा रहेर मेरो ब्यक्तिगत पाटो मात्र होइन सामाजिक क्षेत्रमा पनि केहि गर्न आफ्नो भूमिका र दायित्व ठान्दै सन २००४ मा प्रबास र मातृभूमिलाई जोड्न गैर आबासीय नेपाली संघ NRNA को यात्रामा सहयात्री भई समाहित हुनु भयो ।
एन आर एन ए को यात्रामा पबित्र उद्देश्य, सँस्थाप्रति इमान्दार र मर्यादित हुदै यस संस्थाको भौतिक बिकास र सँस्थाको दायित्वलाई फराकिलो बनाउन अझै आफ्नो जिम्मेवार बढेको महशुस गर्दै सन २००५ मा हिसान क्षेत्रको संयोजकमा आफ्नो जिम्मेवरी, सँस्थाले गरेको अपेक्षा भन्दा पनि अब्बलताका साथ पूरा गर्नु भयो । यसले एन आर एनको यात्रामा अझै जिम्मेवार र माथिल्लो तहमा रहेर काम गर्ने उर्जा थपिदियो । यसै अनुरुप सन २००९ मा एन आर एन ए अन्तर्राष्टिूय समन्वय परिषदमा रहेर काम गर्ने ईच्छा जागृत भयो र उहाँको यस सँस्थाको यात्रामा केन्द्रिय तहमा महत्वपूर्ण जिम्बेवारीका साथ सन २०११ मा यूरोप क्षेत्रको क्षेत्रिय संयोजकमा काम गर्ने महत्वपूर्ण जिम्बेवारी प्राप्त भयो ।
आफ्नो अनुभबको आधारमा होटल ब्याबसायमा सफल प्रबासी नेपालीहरूको अर्को नयाँ अध्यायमा जर्मनको एक सफल ब्याबसायीको अर्को अध्याय थप्न सफल पन्त महत्वपूर्ण पारिबारिक र ब्याबसायिक समयलाई सामाजिक अभियानमा स्थान्तरण गरी सँस्थाले अपेक्षा गरेका उद्देश्यहरूको प्रतिफल गुणात्मक नै रह्यो । यसले यात्राको दुरीहरू झनै फराकिलो र बिशिष्ट बनाउदै सँस्थालाई परिष्कृत र यस अभियानलाई अझै उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका निरन्तर रहिरह्यो । एन आर एन ए अन्तर्राष्टिूय समन्वय परिषदलाई एक प्रणालीमा चलाउने संयन्त्रको बिकाशमा सुधार र सँस्थाको दायित्वलाई अझै फरक र बिशाल बनाउने उद्देश्य अनुरूप सन २०१३ मा महासचिब जस्तो गरिमामय र जिम्मेवार पदमा रहेर आफ्नो २ बर्षको कार्यकाललाई ऐतिहासिक साबित गर्नुभयो । यस यात्राको अथक र अब्बल यात्रीको रूपमा आफूलाई बिश्वभर चिनाउन सफल हुनुभयो ।

यात्रा सगरमाथा र सँस्थालाई त्यो उचाईमा सफलताको ईतिहास रच्ने अभिलाषाले सन २०१५÷१७ मा आफूलाई उपाध्यक्षको पदमा उभ्याएर अध्यक्षले गर्नु पर्ने बिभिन्न महत्वपूर्ण काममा आफूलाई परीक्षकको रूपमा प्रस्तुत गर्नु भयो ।
संस्थाको बिभिन्न अप्ठ्यारो परीक्षामा पास भैसकेर पनि सँस्थाको मर्म, अग्रजहरूको सम्मान, प्रतिस्पर्धी साथीहरूको आकांक्षालाई मध्यनजर गरी अध्यक्षको प्रत्यासी रहदा रहदै त्यो पदिय दायित्व र जिम्मेबारको कुनै सेकेण्ड खेर नजाओस भन्ने गतिशिल सोंच बनाई बर्तमान अध्यक्षसँग कुनै राजनैतिक पूर्बाग्रह नराखी सहयात्री भबन भट्टलाई अध्यक्ष पदको लागि सहयोग गर्ने र अर्को कार्यकालमा आफुलाई सहयोग गर्ने गरी ब्यक्तिगत सहमतिको आधारमा हाल उपाध्यक्षको पदमा दोहो¥याएर सम्पूर्ण हिसाबले सुसज्जित भई केन्द्रिय अध्यक्ष पदको लागि आफूलाई प्रस्तुत गर्ने तयारीमा हुनुहुन्छ । बिश्वभर छरिएर रहेका लगभग ८० लाख नेपालीलाई ब्यक्तिगत तथा सामुहिक लगानी मातृभूमि नेपालमा गर्नु पर्छ भन्ने मुलमन्त्र राखी नेपालमा पनि बिभिन्न क्षेत्रका ब्यापार र उद्योगमा लगानी गर्नु भएका पन्त प्रबासी नेपालीहरूको भाबना, श्रम, सिप र पुँजिलाई मातृभूमिसँग जोडेर स्थापना कालदेखि नै एन आर एन एले घोषणा गरेको समृद्ध नेपालको नारालाई सार्थक बनाउन यसै बर्ष नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा १० अर्बको लगानी एन आर एन एबाट सँस्थागत रूपमा भित्र्याउने गरी भएको हस्ताक्षरमा पनि उहाँको ठूलो भूमिका रहेको छ ।
एक पटकको नेपाली सधैंको नेपाली भन्ने मातृभाबलाई आत्मबोध गर्दै बिदेशी नागरिकता लिएका नेपालीहरूलाई मतदानको अधिकार बाहेक अन्य अधिकार सहितको दोहोरो नागरिकता पाउनुपर्छ भन्ने सबालमा नेपाल सरकारसँग यहाँको सँस्थागत पहल अतुलनिय रह्यो र फल स्वरूप बिधान राष्टिूय सभाबाट पारित भइसकेको र प्रतिनिधि सभाबाट पारितको प्रतिक्षामा छ ।
सँस्था र बिश्बभरका नेपाली समुदायको हितलाई शिरोपर गरी बिश्वका ८५ भन्दा बढि राष्टूको प्रत्यक्ष भ्रमण गरी बिभिन्न राष्टूहरूमा रहेका नेपालीहरूको बिभिन्न बिद्यामान समस्याहरूको न्यूनिकरण र समाधानको लागि गरिने प्रयासलाई सहज बनाउन हाल बिश्वभर अन्तिम समय गठित एन आर एन एको राष्टिूय परिषद माल्टा सहित ८०औ राष्टूमा आफ्नो सँजाल बिस्तार गर्न पनि यहाँको भूमिका उत्तिकै महत्वपूर्ण रह्यो ।
हो त्यसैले अब कुनै जात, धर्म, क्षेत्र, लिङ्ग तथा कुनै राजनैतिक आवद्धताको आधारमा नभै एक कर्मठ, शालीन, सक्षम, अनुभबी र नेतृत्व शक्तिलाई आधार मान्ने हो भने आगामी अक्टोबरमा काठमाण्डौमा हुन गैरहेको ९ औ बिश्व सम्मेलनबाट केन्द्रिय अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । ।
यस्तै गरी बिगतमा शुरू भएको भिजन २०२० लगाएतका अन्य सँस्थागत योजनाहरूको कार्यान्वयनको लागि पनि कर्मठ ब्यक्तित्व कुमार पन्तज्यूको नेतृत्व अपरिहार्य छ । आदरणीय कुमार पन्तज्यूलाई बधाई र यहाँको कार्यकाल ऐतिहासिक बनोस शुभकामना !!

लेखक : शिव बञ्जरा,

प्रतिक्रिया दिनुहोस्