| शनिबार, कार्तिक २, २०७६

महाअष्टमीका दिन गोरखाका शक्तिपीठहरुमा देवीको दर्शन गर्ने र बली दिनेको घुइँचो

 

वडादसैंको आठौदिन महाअष्टमीका दिन बिहानैदेखि गोरखाका शक्तिपीठहरुमा देवीको दर्शन गर्ने र बलीदिनेको दिनभर घुइँचो लागेको छ । गोरखकाली मन्दिर र मनकामना मन्दिरमा भक्तजनको दिनभर अत्यधिक भीड लागेको हो । दुबै मन्दिरमा श्रद्धालु भक्तजनको बली दिन र दर्शन गर्न घुइँचो लागेको हो । पूजाआजा गर्ने साथै बलि दिनेहरु बिहानै शक्तिपीठमा पुगेका थिए । गोरखकाली मन्दिरमा आज महाअष्टमीको अबसरमा सरकारी बलीका रुपमा ४ कालो बोका, ५ राँगा र ८ भेडा बलि दिईन्छ । यस्तै भैरवलाई २ वटा सुंगुर पनी बलि चढाईएको छ ।
सरकारी बलि चढाएपछि सर्वसाधारणका लागी साढे १ बजेबाट बलि खुल्ला गरिएको थियो । जसअनुसार सर्वसाधारणका तर्फबाट करीब ५ सय बोका बलि चढाउनुका साथै ५ हजार बढीले मन्दिरको दर्शन गरेका गोरखा दरबार हेरचाह अड्डाका सुचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिनुभयो । आज भक्तजनको सहजताका लागी विशेष ब्यबस्था गरिएको उहाँको भनाई छ । मन्दिरको पश्चिम गेटबाट बलि तथा दर्शनका लागी छुट्टाछुट्टै लाईनको ब्यबस्था गरि भक्तजनलाई मन्दिर प्रबेशको ब्यबस्था मिलाईएको थियो । विगतका बर्षमा बलि र दर्शनका लागी छुट्टाछुट्टै गेटबाट प्रबेशको ब्यबस्था मिलाएपनि गोरखकाली मन्दिर सँगैको दरबार पुननिर्माणको क्रममा रहेकाले उत्तरपुर्वि गेटबाट भक्तजन बाहिरीने ब्यबस्था गरिएकोे उहाँको भनाई छ ।
मनको इच्छा पुरा होओस भनि भाकल गरेकाहरु मन्दिरमा बलि चढाउन आउने गर्छन् । यसरी पुजाआजा सहित बलि चढाउदा मनोकांक्षा पुरा हुने जनविश्वास भएकाले जिल्लाभित्रै तथा बाहीरदेखी भक्तजनहरु गोरखकाली मन्दिर पुग्ने गर्दछन् । मन्दिरमा रातको दश बजेपछि कालरात्री पुजा गर्ने तयारी भैरहेको कट्टेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्